पार्टी निर्माणमा कमरेडहरूले पुर्याउनु पर्ने सुझबुझ

माओत्सेतुङले भन्नु भएको थियो–हाम्रा केही कमरेडहरूमा बिल्कुलै सुझबुझ छैन र निर्णय पनि लिन सक्दैनन् । सुझबुझ हुनुको अर्थ हो कि, तपाईं मातहत, सचिव, कारखाना म्यानेजर, मजदुर तथा किसानका अलग अलग राय छन् र जो सुन्ने इच्छा राख्नुहोस् र खासगरी अलग विचार सुन्न तयार हुनुहोस् ।
हाम्रो पार्टीमा पनि निश्चित रूपमा माओत्सेतुङले भनेजस्तै समसयाहरु छन् । तीन महिने मिसन ग्रासरुट अभियानका क्रममा फेला परेका पार्टीभित्रका समस्याका पोकाहरु खोलिएकै छैन, सार संक्षेपमात्रै अहिले आएको छ ।
पार्टीमा नेता कार्यकर्ताहरु आफ्नो काम र योगदान बापत गरिएको मानसम्मान मन पराउँछ । तर मान–अपमानको पनि अवधि हुन्छ । कसैले कसैलाई सदाका निम्ति मान वा अपमान गरिरहन सक्दैन । मानसम्मानले अरूलाई पनि सोही मार्गमा हिँड्न प्रेरित गर्छ । त्यही कारण कसैलाई मानसम्मान गरिँदा सकेसम्म बढी मानिस भेला पारिन्छ । र, समाजमा राम्रो सन्देश फैलियोस् भनी प्रचार मोर्चालाई परिचालन गरिन्छ ।
यहाँसम्म आउँदा मैंले जीवनमा अनेक पटक अपमान भोगेको छु । तर म तिनलाई मेरो मस्तिष्कमा भेला पारेर कहिल्यै राख्दिनँ । तिनलाई बिर्सिदिन्छु । कुनै बेला पीडा दिएका कुरा पुनः सम्झिएर किन पीडित हुनु ? म आफू अपमानित भएको क्षणलाई किन साँचेर राखूँ ? अपमान पनि त पीडा नैं हो । हामी हाम्रा घरका दराजमा त कमसल वा नराम्रा कुरा नराखी बहुमूल्य सामान मात्रै राख्न चाहन्छौं भने, मस्तिष्कमा अपमानको भारी किन राखिरहनु ? म त सकेसम्म सकारात्मक र राम्रा कुरा आफ्नो दिमागमा राख्छु । ‘हार’ र ‘अपमान’ लाई मैले आफ्नो मस्तिष्कबाट ‘डिलिट’ गरिदिएको छु ।
मानिसले आफ्नो अहंकार र तुष्टि पूरा गर्न पाउँदा सफलता मिलेको ठान्छ, तर त्यो क्षणिक हो भन्ने कुरा कहिल्यै आत्मसत गरेको देखिनँ । इतिहास हेर्दा पनि थाहा हुन्छ, हामीहरू लामो समय शत्रुता साँध्ने काममा अल्झियौं । कुनै पनि विषय टुंगिसकेको हुन्छ, तर अर्को पक्षलाई दुःख दिएको दियै हुन्छौं भने योभन्दा खराब कुरा अर्को केही हुँदैन । यस्तो प्रवृत्तिले अन्त्यमा वंशनाश, शक्तिनाश र राज्यनाशको अवस्थामा पुर्याउँछ । जीवनमा मंैले राजनीति गरेकै कारण विगतमा मेरा बुबा र आफन्तले समेत दुःख भोग्नुपरेको छ । राज्यसत्ताले मेरो रिस मेरा आफन्तमाथि पोखेको थियो । अब यस्ता कार्यलाई कसरी जित भन्नु ? कसरी सफलता भन्नु ? त्यो त सत्ताको उन्माद मात्रै थियो ।
मानिसको जीवनमा गन्तव्य मुताबिकका जित र हार हुन्छन् । कति लामो गन्तव्य छ, कति ठूलो उद्देश्य छ र प्राप्ति केलाई मान्ने भन्ने कुराका आधारमा मानिस सफल–असफल हुन्छ । कतिपय सफलता नै घीनलाग्दा पनि हुन्छन् त कतिपय प्रशंसायोग्य र महान् ।
पकेटमारले कसैको खल्ती रित्याइदिन पाउँदा सफलता पाएको ठान्छ, जुन घीनलाग्दो सफलता हो । अरूलाई दुःख दिएर वा रुवाएर पाएको सफलता घीनलाग्दो हुन्छ । सफलता त यस्तो होस् जसले कसैलाई दुःख नदेओस्, नरुवाओस् । देशको बृहत्तर हितलाई गन्तव्य मानेर अघि बढ्दा मिलेको सफलताले सबैको भलो गर्छ । अरूलाई खुसी पार्दै पाएको सफलता गर्व गर्नलायक हुन्छ । जितको सवालमा पनि सन्दर्भ त्यही हो । कसैले कुनै मानिसलाई मारेर जित भएको ठान्छ भने बुझ्नुपर्छ– मारिने मानिससँग मार्ने डराएको थियो । मारिने मानिसको अस्तित्वको त्रास मेटिए पनि मार्नेको जित भएन । कसैलाई लखेट्दा पनि जित हुँदैन, अर्को प्रतिशोधको तयारी मात्र हुन्छ । भगाएर वा लखेटेर केही पनि जितिँदैन । कसैलाई मनाएर जित्नु पो वास्तविक जित हो । यसरी जितको महत्व त्यसको उद्देश्यमा निर्भर रहन्छ ।
एमालेको अबको सिद्धान्त केहो ? कहाँ पुगेर टुगिन्छ ? अहिले के भइरहेको छ ? अब के गर्नु पर्दछ ? भन्ने कुरा पार्टीको राजनैतिक प्रतिक्षणमा प्रष्ट ढंगले आएको छ । अहिले नेपाली समाज अर्ध औपनिवेशिक र अर्धपँुजिबादको छत्रछायाँमा छ । पँुजिबादी क्रान्ति सम्पन्नगरी बहुदलिय जनबाद प्रतिस्थापन गर्नु हो । अबको एमाले जवजको मार्ग निर्देशनबाट निरन्तर अगाडि बढिरहने छ ।