नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिवोल गजुरेलले पार्टी नेतृत्व बिग्रिएकाले जनस्तरसम्म जानु परेको बताउनु भएको छ ।
सोमबार सिन्धुलीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा गजुरेलले निर्वाचनपछि नेता कार्यकर्ताहरु जनताको दैलोमा नटेकेको र नेताहरुले जनताको अबस्था थाहा पाउन नसक्दा पार्टी र नेतृत्व बिग्रिएको बताउनुभएको हो । उहाँले माओवादीको जनसम्बध बिग्रिंदै गएकाले तीन महिने अभियानले अबस्थामा सुधार आउने बताउनुभयो ।
उहाँले भन्नुभयोः मैंले सिन्धुलीमा पार्टी बनाउन समय दिएको थिईंन । राजनजीलाई मैंले रामेछापबाट पार्टी बनाउन ल्याएको थिएँ, उहाँले पार्टी राम्रो बनाउनु भयो कमलामाई नगरपालिकामा त्यति राम्रो पार्टी अहिले बिग्रियो, त्यही कारणले म आफैं कमलामाई नगरपालिका हेर्नेगरी सिन्धुली आएको छु । अब सिन्धुलीको पार्टी मैंले हेर्छु र राम्रो बनाउँछु ।
उहाँले सुन प्रकरणमा कृष्णवहादुर महरा र छोरोलाई कारबाही प्रक्रियामा सामेत नगराएको सन्देश राम्रो नगएको कुरा आफुले प्रधानमन्त्री प्रचण्डलाई सुझाएको जानकारी दिनभयो । उहाँले भन्नुभयोः ‘हिजो मात्रै प्रधानमन्त्रीले पछिल्लो सरकारकारको काम कारबाही र जनस्तरमा परेको प्रभावका विषयमा सोध्नुभयो, मैंले ललिता निवास प्रकरणमा सानालाई ऐन र ठूलालाई चैन भन्ने भएको सन्देश प्रवाह भइरहेपनि कम्तिमा बाबुराम र माधव नेपाललाई घरमै गएर बयान लिएकाले केही मत्थर भएको छ ।’
पूर्व सरकार प्रमुखलाई पक्राउ गर्ने वा मुद्धा चलाउने भन्ने विषय कहिंकतै उल्लेख नभएकाले पनि सरकारले बाबुराम–माधवलाई पक्राउ गरेर बयान लिने विषयमा सिआइबीलाई दबाब नदिएको बताए । झट्ट हेर्दा अदालतले आरोपीहरुलाई पक्राउ गरेर बयान लिन दिएको आदेशलाई सरकारले कार्यान्वयन नगरेको जस्तो देखिएपनि त्यो प्रक्रियाले नजिर स्थापित हुने देखिएपछि घरमैं गएर बयान लिने अबस्था आएको प्रधानमन्त्रीका राजनैतिक सल्लाहकारसमेत रहेका नेता गजुरेलले भन्नुभयो ।
अहिले पनि किसानहरुले पर्याप्त मात्रामा मल नपाएको गुनासो सुनको छु तर विगत वर्षहरुमा भन्दा सहज भएको बताउनुभयो । आफु कृषिमन्त्री हुँदा किसनाहरुले पाउने मलको समस्या नआएको दाबीगर्दै नेता गजुरेलले सरकार सुशासन कायम गर्ने तर्फ सक्रिय रहेको बताए । उनले भनेः सबैभन्दा ठूलो कुरा समयमैं विद्यार्थीले किताब र किसानले मल पाए । हामी पैसा तिरेर किन्छौं भन्दा पनि नपाउने कुरा हुन्छ ? उनले प्रश्न गरेका थिए ।
प्रेस सेन्टर सिन्धुलीका अध्यक्ष नबीन श्रेष्ठको अध्यक्षतामा पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।











