सदाका लागि अस्ताए सत्य निष्ठा र इमानका धरोहर !

ओखलढुंगा जिल्लामा बि सं २००८ सालमा जन्मनु भएका ढुङेल २०३९ सालमा सिन्धुली जिल्लाको तत्कालीन भिमान गाबिसको काउसेलाई राजनैतिक कर्मभूमि बनाई नेपालको कम्युनिष्ट आन्दोलनमा होमिनुभएको थियो । उहाँ राजनितीमा सादा जिबन र उच्च बिचार बोकेका ब्यक्ति हुनुहुन्थ्यो । जिवनको अन्तिमसम्म पनि पार्टीमा कहिले लोभ लालच नराखी नेकपा (एमाले)को राजनितीमा क्रियासिल रहनुभयो । उहाँको मुखबाट अहिले जस्तो मलाई यो पद चाहियो वा पाए हुन्थ्यो, मैले केही पाईंन भन्ने कुरा कहिले गर्नु भएन ।
आफ्नो श्रीमति बिमारी भएर अस्पतालमा भर्ना गर्दा पनि निरन्तर सेबामा समर्पित भइरहनुभयो । जतिसुकै अफ्टेरो पर्दा पनि बिचलित नभै पार्टीको पक्षमा निरन्तर लागि रहनु भयो । उहाँ कहिले पनि पार्टी भित्र कसैको आलोचक बन्नु भएन, तर सामन्त र जाली फटाहाको उहाँ सँधै आँखाको तारो बनिरहनु भयो । पार्टी भित्रको अन्तर संघर्षमा पनि कसैको पक्षमा वा विपक्षमा भन्दा पनि पार्टीको मूल धारमा अडिग भएर रहनुभयो ।
उहाँबाट कम्युनिष्ट भन्न्नेहरुले केहि सिक्नु पर्छ कि ? मैले केही नपाउने हो भने किन पार्टीमा लाग्ने ! भनेर नेता र पार्टीमा गुनासो बोक्नेहरुले उहाँको आदर्श जीवनबाट केही प्रेरणा लिन वा सिक्न जरुरी छ ।

उहाँका दुई छोरीहरु आफ्नै खुट्टामा उभिएका छन् र सन्तुष्ट पनि थिए । आफनो बुबा नेकपा एमालेको सिपाही भएकोमा उनीहरुमा गर्व पनि थियो ।
गाउँ कमिटी, इलाका कमिटी, जिल्ला कमिटी, जिल्ला कार्यालय सचिब हुँदै केन्द्रिय सल्लाहकार परिषद सदस्यसमेत भएका ढुङ्गेल हामीबाट सदाका लागि बिदा हुनुभएको छ । एमाले पार्टी भित्र केही नेतालाई रिस उठ्यो भने भोजराज होलास् भन्ने गरिन्थ्यो, अहिले उहाँले त्यही निष्ठा र आदर्श हामी बीचमा छाडेर जानुभएको छ ।
आफनो जीवन संगिनी गुमाएर पनि छोरीहरुको मुख हेरेर बस्नु भएका ढुंगेल हामी सबैको माझबाट सधैका लागि बिदा हुनु भएको छ । उहाँको बिदाइले सिन्धुली जिल्लाले एक होनहार, कर्तव्यनिष्ठ कम्युनिष्ट योद्धा गुमाएको छ । यसले नेकपा एमाले सिन्धुलीलाई अपुरणीय क्षती पुगेको छ । हामी यो शोकलाइ शक्तिमा बदल्दै अगाडि बढने सङकल्प गर्दछौं ।
यस्ता होनहार निःस्वार्थी नेता अबको पुस्तामा पाउन निकै गाह्रो छ । किनकी पार्टीमा लाग्न पाएको छैन, पार्टीको नीति सिद्धान्त बुझेको छैन, उसकै ठूलो स्वर छ, मैंले एमालेलाई यतिसाल देखि भोट हालेको म फलानो कमिटीको भनेर , धम्क्याउने संस्कारले अवसर पाउने वा लिनेहरुको हाली मुहाली छ ।

यस दुःखद घडिमा शोक संन्तप्त परिबार जनमा धैर्य धारण गर्ने शक्ति मिलोस । सत्य, निष्ठावान र इमानका धरोहर हाम्रा नेता कमरेड भोजराज प्रति हार्दिक श्रद्धाञ्जली !
खड्गवहादुर खत्री
प्रदेश , कमिटी सदस्य नेकपा (एमाले)

May be an image of 1 person, studying and temple