सांसद सुनिल शर्मा पक्राउ माेरङ क्षेत्र नं ३ का नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्य रहेका सांसद सुनिल शर्मा आज अपरान्ह काठमाडौंबाट पक्राउ परेका छन् ।
एक क्विन्टल सुन तस्करी प्रकरणमा अर्थ र गृहमन्त्रीमाथि नै छानबिन गर्नुपर्ने बताउँदै आएका उनलाई आज केन्द्रीय अनुसन्धान व्युराेले पक्राउ परेकाे हाे। केही दिनदेखि सुन तस्करीको बिषयमा बोल्दै आएका सांसद सुनिल शर्मालाई संसद चलिरहेको बेलामा बहालवाला सांसदलाई फाैजदारी अभियाेगमा पक्राउ गर्न सभामुखले स्वीकृति दिनु पर्दछ।
के उनलाई पक्राउ गर्न सभामुख देवराज घिमिरेले अनुमति दिएका हुन भन्ने प्रश्न उठेकाे छ। उनलाई कुन फाैजदारी अभियाेगमा पक्राउ गरिएकाे हाे भन्ने कुरा खुल्न सकेकाे छैन।
यसैबीच प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको सचिवालयले सांसद सुनील शर्मा पक्राउ बारे सभामुखलाई जानकारी भइनसकेको जनाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार पक्राउ गरेका कांग्रेस सांसद शर्माबारे प्रहरीले सभामुख घिमिरेलाई जानकारी गराइसकेको छैन । सभामुखका प्रेस सल्लाहाकार शेखर अधिकारीले अहिलेसम्म सभामुखसमक्ष जानकारी नआएको बताएका छन् ।
उनले भनेका छन्–‘धेरै साथीहरुले इन्क्वावयरी गरिरहनुभएको छ, माननीय सुनील शर्मा पक्राउबारे । सम्माननीयज्यूलाई अहिलेसम्म माननीय पक्राउको जानकारी छैन ।’ नेपालको संविधानको धारा १०३ को उपधारा ६ मा फौजदारी कसुरमा कुनै सांसद पक्राउ परेमा पक्राउ पर्ने वित्तिकै त्यससम्बन्धी जानकारी सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त जानकारी दिनुपर्ने प्रावधान रहेको छ ।











