सिन्धुलीको सिद्धवावा प्लस टू म्यानेजमेण्टले जिल्लामैं पहिलो पटक ट्रेनिङसहितको शिक्षा प्रदान गर्ने घोषणा गरेको छ ।
सिद्धबाबाले सिन्धुलीमा आज आयोजित एक ओरियन्टेशन कार्यक्रमका बीच व्यवस्थापन पक्षले ट्रेनिङसहितको कक्षा सञ्चालन गर्ने बताएको हो । क्याम्पसका अध्यक्ष खड्गवहादुर खत्रीको अध्यक्षता एवम् शिक्षा समन्वय समिति सिन्धुलीका प्रमुख निर्मल घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा रमन भट्टराई विशिष्ट अतिथी हुनुहुन्थ्यो ।
कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै शिक्षा समन्वय इकाई प्रमुख निर्मल घिमिरेले सिद्धवावा म्यानेजमेण्टले सिन्धुली जिल्लामैं फरक ढंगले पठन पाठन सञ्चालन गरिरहेको बताउँदै तालिमसहितको कक्षा सञ्चालन गर्ने पहिलो कलेज भएको बताए । उनले आजको ओरियन्टेशनलाई ध्यान दिएर बुझ्ने र त्यसलाई प्राथमिकता दिनुभयो भने सफलता पाउने बताए । हाम्रो पढाईको मर्म त्यतिखेर पुरा हुन्छ, जव त्यो कुराहरु विद्यार्थीको व्यवहारमा परिणत हुन्छ । हामी नाची नाची राम्रा राम्रा कुरा गर्यौं तर त्यही कुरा विद्यार्थीलाई अगाडी ल्याएर विद्यार्थीलाई सिकाउन सक्यौं भने मात्र सिकाईले सफलता पाउने घिमिरेले बताए ।
कुनै पनि जवमा जाँदा मार्कको साथसाथै इन्टरभ्यू भन्ने हुन्छ । जबसम्म मार्कको आधारमा मात्र एसइई पास हुन्छन् तर बोल्न जान्दैन्, राम्रो तालिम पाएको छैन, ज्ञान छैन भने ९९ प्रतिशत ल्याएको विद्यार्थी पनि छनौट हन सक्तैन । त्यसैले पढाईको साथसाथै व्यवहारिक ज्ञान र तालिमको जरुरी हुने उनको भनाई थियो ।
मैले अहिलेसम्म २५ वर्षमा १५० देश १३ हजार कार्यक्रम गरिसकेको छु । दामी जिन्दगी बनाउ, कमाउने जति कमाउ, रमाउने जति रमाउ तर बाँच्न भने सिम्पल जीवन बाँच, म त्यसमा विश्वास गर्छु । अर्का अतिथी रमण भट्टराईले भने ।
म्यानेजमेण्ट पढेका विद्यार्थीहरुले भाषण गर्न जान्यो भने यो देश धनी हुने हो । म्यानेजमेन्टनैं बिग्रिएको कारणले संसार नैं गरीव भएको अनुभव सुनाएका थिए । उनले अगाडि भनेः काठमाडौं बाहिर धेरै प्लस टु छैनन् र भएकाहरु मध्ये बेस्ट प्लस टू भनेको सिद्धबाबानैं हो भट्टराईले मन्तव्यका क्रममा भने ।
मैले चार वर्ष काठमाडौंको कलेज पढाएर सिन्धुली आएको हुँ । त्यहाँ पनि सिद्धवावामा पढाइएका विषयहरुनैं पढाई हुन्छ तर त्यहाँको पढाईको शैली वा पद्धति फरकछ । हामी तालिम सहितको व्यवहारिक शिक्षा पढाईरहेका छौं, जुन सिन्धुली जिल्लामा यो नितान्त फकर शैलीको पढाई हो, सिद्धवावा प्लटूका कोअर्डिनेटर राहुल सिंहले भने ।
हामीले कक्षा ११/१२ र व्याच्लर र मास्टर्ससम्म कक्षाहरु सञ्चालन गर्ने भनेर लागि परेका छौं । हाम्रो कलेजले पढाईको साथसाथै प्राक्टिकल वा तालिमलाई बढी भन्दा बढी प्राथिमकता दिएको बताउँदै उनले यहाँको शिक्षा पार गरेर निस्केका विद्यार्थीहरु जहाँ पनि सहजै बिक्ने सिंहले बताए ।
सय जना विद्यार्थीको अगाडि केही बेल्न लगायौं भने त्यसले बोल्न सक्दैन् हामीले त्यस्ता बनोल्ने विद्यार्थीहरुलाई कसरी बोल्ने भनेर सिकाउँछौं यदी उनीहरु बोल्न सकेन् भने म्यानेजमेन्ट पढेको केही अर्थ लाग्दैन र हामी पनि सफल हुँदैनौं, उनले उपस्थित विद्यार्थीहरुलाई बताए ।
गुणस्तरीय कक्षा सञ्चालनसँगै हामी विद्यार्थीलाई औद्योगिक क्षेत्रको भ्रमणमा लैजान्छौं । मल्टि नेशनल कम्पनी डाबर नेपालको उत्पादन प्रणाली, बजार व्यवस्थापन र श्रम बजार जस्ता विषयमा जानकारी गराउने उदेश्यले हामीले विद्यार्थीहरुलाई भ्रमण गराउँदै आएका बताउँदै सिंहले विद्यार्थीहरुको उज्वल भविश्यको कामना गरेका थिए ।
त्यसैगरी सो भव्य कार्यक्रमका बीच कक्षा ११ को प्रवेश परिक्षामा प्रथम हुने रचना खड्कालाई सय प्रतिशत दोस्रो हुने बिशाल श्रेष्ठलाई ५० र तेस्रो हुने दिया दोङलाई २५ प्रतिशत स्कलरशिप उपलव्ध गराइएको घोषणा गरिएको थियो । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष खड्गवहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरुले आ आफ्ना अनुभवसमेत सुनाएका थिए ।

