
कमलामाई नगरपालिकाले नगरभित्रका तरकारी उत्पादक किसान तथा विक्रेताहरुलाई संक्रणकालिन अबस्थामा आफ्ना उत्पादनहरुको मुल्य नबढाउन आग्रह गरेको छ । स्थानीय तरकारी उत्पादक कृष तथा व्यापारीहरुले तरकारीको मुल्य दोव्वर बढाएको गुनासो बढेपछि शनिवार नगरपालिकाले संयूक्त बैठक राखेर मुल्य नियन्त्रणको प्रयाश थालेको कृषि शाखा प्रमुख देवी सापकोटाले बताए ।
नगरप्रमुख खड्गवहादुर खत्री, उपप्रमुख मञ्जु देवकोटा, कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष नरेश देवकोटा र स्थानीय किसान तथा व्यापारीहरुको संयुक्त बैठक बसी स्थानीय उत्पादनलाई पहिलो प्राथमिकता दिने र नपुग भएमा मात्रै तराईका जिल्लाबाट किसानको नम्वर, नाम र कृषि प्राविधिकको अनिवार्य गर्ने विषयमा छलफल भएको बताइएको छ । त्यसैगरी बैठकमा सवै तरकारी व्यापारीहरुलाई तरकारीको खरिद मुल्यको दररेट ४ दिन भित्र नगरपालिकामा उपलब्ध गराएपछि स्थानीय दररेट कायम गरिने बताइएको छ ।