सिन्धुली: केही दिन अगाडिबाट आएको खण्ड बृष्टिले किसानहरुलाई राहत मिलेपनि कच्ची सडक प्रयोगकर्ताहरुलाई हैरानी बनाएको छ । अत्याधिक वर्षाका कारणले कमलामाई नगरपालिका वडा नं. ५ अन्र्तगतको चिसापी वोजे सडक खण्ड भत्किँदा अटो, एम्बुलेन्सलगायतकासवारी साधनहरु जान नसक्ने भएको छ ।
सदरमुकाम माढीबजार स्थित सिन्धुली वसपार्कवाट १ किमीको दुरीमा रहेको सडकको दयनीय अवस्था हुँदा पनि स्थानिय सरकार र सरोकारवाला निकायलाई सडक स्तरउन्नतीको लागि स्थानीयले गुहार माग्दा पनि सुनुवाई नगरेको स्थानीय कान्छा पाख्रिनले बताए ।
चुनावको वेला सडक डिपिआर देखि कालो पत्रे गर्नेसम्मका झुटा अश्वासन वाहेक पहल कदमीको नगर्दा सडकाको यो अबस्था भएको उनको आरोप छ । सिन्धुलीमा सडक स्तर उन्नतीको लागि करोडौं रकम बिनियोजन गरिएपनि यो सडक नगरपालिकाको प्राथमिकतामा नपरेको स्थानीयको भनाई छ ।
सामान्य वर्षा भए पछि पानी निकास हुने नाला नभएको कारण विच सडकवाटै पानी वग्ने हुँदा सडकमा आवागमन बन्द भएको हो । वसपार्क ,मधुटार, सशस्त्र, क्याम्प चिसापानी झोरा, वोझे र रानीखोला सिलामे वेलटारसम्म यो सडकको दायरा रहको छ । ५ सय घर धुरीले प्रयोग गर्ने यो सडक कमलामाई नगरापलिकाले रिङ्गरोडको लागि अगाडि बढाएको अवधारणा अन्र्तगत परेको छ तर चालु आर्थिक वर्षमा यो सडक मर्मतका लागि रकमनैं नपुगेको नगरपालिकाका अधिकारीहरुको भनाई छ ।
दैनिक आवत जावत गर्ने स्कुल वस पनि समान्य वर्षा भए पछि आउँदैन, विद्यार्थीहरु २ किलोमिटर हिडेरै विद्यालय जानुपर्ने बाध्यतामा रहेकाछन् । नगरपालिकाकाको नजिक भएर के गर्नु यो ठाउँमा विकासको छिटो पनि परेको छैन, कमामलाई नगरपालिका वडा नं. ५ चिसापानी निवासी रामवहादुर तामाङले भने ।
टोल विकास संस्था र कमालमाई नगरपालिका वडा ५ का वडा अध्यक्ष मार्फत कमलामाई नगरपालिकालाई डिपिआर गर्नलाई सिफारिस गरे पनि कुनै सुनवाई नभएको उनीहरुको गुनासो छ । स्थानिय सरकार भए सँगै नगरपालिकाको मातहतका सम्पुर्ण सडकलाई डिपिआर गरी प्रदेश सरकार, सघिय सरकारलाई सडक स्तर उन्नतीको लागि योजना माग गर्नु पर्ने हो तर हालसम्म नगरपालिकाको तर्फबाट योजना माग नगर्दा भत्किएको सडक पुर्वाधारले जनप्रतिनिधीलाई गिज्याइ रहेको छ ।
खण्ड वृष्टि हुँदा त सदरमुकामबाट गाउँ छिर्ने सडकहरु भत्कन थालेका छन् भने वर्षातको समयमा ती सडकहरुको अबस्था कस्तो होला ? त्यसैले सरोकारवाला निकायले बेलैमा ध्यान दिन जरुरी छ । -सन्देश जनप्रिय साप्ताहिक
–उद्धव श्रेष्ठबाट