सिन्धुली: पेशागत महासंघ नेपाल सिन्धुलीले आज एक कार्यक्रमका बीच महिला टेम्पो चालकहरुलाई सम्मान गरेको छ ।
१३४ औं अन्तरराष्ट्रिय श्रमिक दिवशको अबसरमा सिन्धुलीमा आयोजित महिला टेम्पो चालकलाई सम्मान तथा महासंघका नव निर्वाचित पदाधिकारीहरुलाई सम्मान कार्यक्रममा सिन्धुलीका १८ जना महिलालाई नगद ५ सय, प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो ।
महासंघका महासचिव केदार देवकोटा, केन्द्रीय सदस्य मल्लव अधिकारी र जिल्ला अध्यक्ष बबिन्द्रलाल माझीले महिला मजदुरलाई सम्मान गरेका थिए ।
कार्यक्रममा एमाले नेता मिथिला फुयाँल, महेन्द्रदेव श्रेष्ठ, महासङ्घका केन्द्रीय सदस्य मलल्लवलाल अधिकारी, निजामती कर्मचारी सङ्गठनका केन्द्रीय सचिवालय सदस्य पुरुषोत्तम दाहाल, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका केन्द्रीय सदस्य पुरुषोत्तम पहाडी, बुद्धिजीवी परिषद्का केन्द्रीय सदस्य सुरेश फुयाँल, पेसागत महसंघ सिन्धुलीका सल्लाहकार फाल्गुणी शर्मा, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका जिल्ला अध्यक्ष डा.हरिप्रसाद पोख्रेल, स्थानीय तह कर्मचारी सङ्घका अध्यक्ष मुकेश तामाङले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने पेसागत महासङ्घ नेपाल जिल्ला समिति उपाध्यक्ष चेत प्रसाद तिमल्सीनाले स्वागत मन्तव्य व्यक्त गर्न भएको थियो भने कार्यक्रमको सञ्चलन गुणविक्रम कुवरले संचालन गर्नु भएको थियो ।
सम्मानित महिला टेम्पो चालकहरुले सम्मानबाट आफुहरुलाई उत्साहित बनाएको बताएका छन् । प्रदेशखबरसँग कुराकानी गर्दै उनीहरुले आफुहरु अपमानित पेशामा लागेको भान भएका बेला सम्मानित हुन पाउँदा खुशी लागेको बताएका थिए ।
(फोटो फिचर)



















