अधिकारकर्मी दाहालद्धारा जीवन रक्षाको माग

मकवानपुरः मानवअधिकारकर्मी योगेन्द्रप्रसाद उपाध्याय दाहाल घरायसी बिवादमा आफ्नै सहोदर भाईद्धारा कुटिएकाछन् । गएको चैत २९ गते बेलुका ५ः३० बजेको समयमा सर्लाहीको हरिवन स्थित जग्गाको विषयलाई लिएर कुराकानी भइरहेका बेला आफ्नै सहोदर भाई हेटौंडा उपमहानगरपालिका वडा नंं ९ सिमेण्ट रोड शान्तिचोक निवासी माधव उपाध्याय दाहालबाट कुटिएका हुन् ।
सशस्त्र द्धन्द्धको समयमा मकवानपुरको मानवअधिकार रक्षाका लागि क्रियाशिल दाहालले आफ्नै भाइबाट २ पटक कुटाइ खानु परेको र आफु त्यसबाट पिडित बन्नु परेको बताए । नागरिक सरोकार समिति मकवानुरका सदस्यसमेत रहनुभएका दाहालले आफ्नो जीवन जोखिममा परेको बताएका छन् । आफ्नै भाइले ज्यान मार्ने धम्की दियो, अहिले म तनाबमा छु, आफ्नो जीवन रक्षाका लागि अपिल गर्दछु, उनले बिहिवार राती प्रदेशखबरसँग भने ।