सिन्धुलीः कमलामाई नगरपालिकाले गएको चैत ५ गतेदेखी सञ्चालन गरेको आधारभूत तह (विएलई कक्षा ८) को नगरस्तरिय परिक्षाको नतिजामा सामुदायिक विद्यालय भन्दा निजी विद्यालयहरु अब्बल देखिने गरी केही दिनपछि नतिजा प्रकाशन हुँदैछ । कमलामाई नगरपालिकाको शिक्षा शाखाले लिएको परिक्षाको उत्तरपूस्तिका जाँच्ने क्रममा आज विज्ञान विषयको कापी जाँज्ने क्रम सकिएसँगै केही दिन भित्र नतिजा प्रकाशन गर्ने तयारी गरेसँगै निजी विद्यालयको पठन पाठन अब्बल र सामुदायिक विद्यालयको पठनपाठन कमजोर देखाउने सन्देशजाने गरी प्रकाशन हुन लागेको समाचार स्रोतले बताएको छ ।
स्रोतका अनुसार १०० पूर्णाङ्कको विषयमा सामुदायिक विद्यालयका विद्यार्थी उर्तिण मात्रै भएका छन् भने निजी विद्यालयका विद्यार्थीले ९० प्रतिशतसम्म अंक प्राप्त गरेको उत्तरपूस्तिका जाँच्न कमलामाई शिक्षा शाखाले खटाएको एक शिक्षकले प्रदेशखबरलाई जानकारी दिएका हुन् ।
उनी भन्छन्ः नगरस्तरिय परिक्षाको अब केही दिन भित्र प्रकाशन हुने नतिजाले नगर क्षेत्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमाथि गंभीर प्रश्न उठाउने छ ।
कमलामाई नगरपालिकाले नगरक्षेत्रको शैक्षिक गुणस्तर सुधारका लागि सिन्धुली जिल्लामैं सबैभन्दा बढी रकम बिनियोजन गरेको छ, तर केही दिन भित्र सार्वजनिक हुन लागेको नतिजाले शिक्षा क्षेत्रमा गरेको लगानी वालुवामा पानी हाले सरह हुने देखाएको छ ।
सामुदायिक विद्यालयका ती शिक्षकका अनुसार हामीलाई सरकारले विद्यालयमा पढाए वापत राज्यले तलव दिएको छ तर हामीले विद्यार्थीलाई तलव लिए अनुसार अध्ययन अध्यापन गराउन सकिरहेका छैनौं, एक विद्यालयका प्रधानाध्यापकले भने ।










