स्थानीय तहमा छैन दमकल, चालकभने बढी !

सिन्धुली: दुई नगरपालिका र सात गाउँपालिकासहित ९ स्थानिय तह रहेको सिन्धुलीमा २ वटा मात्र दमकल रहेको छ । जनप्रतिनिधि तथा कर्मचारीहका लागि सुविधा सम्पन्न सवारी साधन र जेसिबी खरिद गरेका स्थानिय तहहले दमकल खरिदका लागि भने कुनै चासो दिएका छैनन् तर आवश्क्ता बन्दा बढी सवारी चालक भने नियुक्त गरेर तलव खुवाइरहेका छन् ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ ले पनि प्रत्येक स्थानीय तहमा एउटा दमकल अनिवार्य हुनुपर्ने भनेको छ । तर, स्थानिय सरकारका प्रमुखहरुले खर्चिलो र व्यवस्थापन गर्न गाह्रो हुने भन्दै दकमल खरिदका लागी चासो दिएका छैनन् बरु चालक भने आवश्यक्ता भन्दा बढी चालक भने नियुक्ती गरेका हुन् ।
आगलागीका घटना हुदाँ मात्रै दमकलको आबश्यकता महशुस गर्ने जनप्रतिनिधीहरु भौगोलिक विकटता तथा खर्चिलो हुने बताउँछन् । आगलागिका घटना भए त्यसलाई निभाउन पर्याप्त स्रोत साधन नहुँदा धनजनको क्षति धेरै हुने गरेको छ । तर पनि स्थानीय सरकारले दमकललाई प्राथमिकतामा राखेका छैनन् तर कार्यकर्ता भर्तीलाई ध्यान दिइरहेको देखिंदैछ ।

सिन्धुलीको तिनपाटन, फिक्कल, घ्याङलेख, मरिण, सुनकोशी र हरिहरपुरगढी गाउँपालिकाले जेसिबी भने खरिद गरिसकेका छन तर मानवीय सेवा र उद्धारमा प्रयोग हुने दकमल भने खरिद गर्न चासो देखाएनन् । दमकल खरीदमा विभिन्न बहाना गर्ने स्थानीय तहहरूलाई जेसिबी किन्न भने कुनै समस्या छैन ।
स्थानीय सरकारले बर्षेनी लाखौं खर्चेर जनप्रतिनिधी र कर्मचारीका लागी आवश्यक सवारी साधन किन्ने गरेको तर बिपदमा अति आवश्यक हुने दकमल खरिद नगर्ने गरेको नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कृष्णहरि घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयोः मानवीय हितका लागी आवश्यक दमकल खरिद गर्नुको साटो स्थानीय सरकारह? आफ्नो सुविधाका लागी सवारी साधन मात्र खरिद गर्छन । स्थानीय सरकारले बिपदमा आवश्यक पर्ने एम्बुलेन्स, दमकल जस्ता सामाग्री खरिदमा चासो नदिने गरेको अध्यक्ष घिमिरेले बताउनुभयो ।
हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईवाले दमकल किन्ने सोच नभएको तर मरिण गाउँपालिका सँग समन्वय गरेर आबस्यक परे सहकार्य गरेर सञ्चालन गर्ने योजना बनाएको बताउनुभयो । दमकल किन्ने हो खर्चिलो धेरै छ उहाँले भन्नुभयोः त्यसको व्यवस्थापन गर्न स्थानिय सरकारले नसक्ने देखिएकाले अन्य सरकार सँग समन्वय गरेर सञ्चालन गर्न सकिन्छ की भन्ने योजनामा छौं ।
त्यसैगरी गोलन्जोर गाउँपालिकाका अध्यक्ष संकर बराल पनि आबस्यकता भएको तर बजेट नभएको बताउनुहुन्छ । दमकल किन्ने सोचनिय बिषय हो उहाँले भन्नुभयोः तर बजेट छैन अन्य गाउँपालिकासँग समन्वय गरेर चलाउने सोचमा छौं । स्थानीय सरकारसँग दमकल नहुँदा घर तथा जंगल क्षेत्रमा हुने आगलागी नियन्त्रणमा समस्या हुने गरेको छ ।
आगलागीका घटना भएको खण्डमा कमलामाई नगरपालिकाले अन्य स्थानीय तहहरूलाई समेत सहयोग गर्दै आएको कमलामाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य प्रसाद दाहालले बताउनुभयो । छिमेकी स्थानीय तहहरू आगलागी हुँदा नगरपालिकाको दमकल पठाउने गरिएको छ, उहाँले भन्नुभयोः दुरीका हिसाबले टाढा रहेका पालिकामा आगलागी नियत्रणमा दमकल पठाउन कठिन हुने भए पनि प्रहरीको सहकार्यमा दमकल पुग्छ ।
चालु आर्थिक वर्षमा जिल्लाभरी २७ बढी स्थानको बनजंगल क्षेत्रमा आगलागि हुँदा २ हजार हेक्टर बनक्षेत्र सखाप भएको छ । डिभिजन बन कार्यालय सिन्धुलीका पमुख कृष्णराज न्यौपानेले जिल्लाभर आगलागिका घटना बढ्दै गएको बताउँदै स्थानीय सरकारसँग दमकल नहुँदा समस्या हुने गरेको बताउनुभयो ।