सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ८ की १३ वर्षिया वालिका लाई उनकै ३४ वर्षीय बाबुबाट बलात्कृत भइन् । डर धाक दिंदै निरन्तर बलात्कृत बनेपछि पिडा सहन नसकेर उनले इलाका प्रहरी कार्यालय भिमानमा पिडितकी आमाले किटानी जाहेरी दिएकी थिइन् ।
त्यसैगरी भिमानकै बथानचौडीकी ११ वर्षिया वालिकालाई आफ्नै काका पर्नेले बलात्कार गरेको डरलाग्दो बिबरण वाहिर आएको छ । सिन्धुली प्रहरीले यी दुबै घटनालाई मंगलवार सँझ एकै साथ सार्वजनिक गरेको थियो । प्रहरीले उक्त घटनालाई गंभिरताका साथ अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरी नायव उपरिक्षक चिरिञ्जीवि दाहालले सन्देश जनप्रियलाई बताए । डिएसपी दाहालका अनुसार जिल्ला प्रहरी कार्यालयमा यसै आर्थिक वर्षमा बलात्कार, र उद्योगमा २७ वटा किटानी जाहेरी परेको छ । प्रहरी कार्यालयमा अभिलिखित भएको यो तथ्याङ्कले सिन्धुली जिल्लामा बलात्कार र यौनजन्य हिंसाका घटनाहरुमा विगत वर्षमा भन्दा यस वर्ष बढोत्तरी भइरहेको छ ।
यसैबीच इलाका प्रहरी कार्यालय खुर्कोटमा पनि बलात्कार उद्योगको एक अर्को किटानी जाहेरी परेको छ । सुनकोशी गाउँपालिका वडा नं. २ स्थित कुशेश्वर विद्यापिठ माध्यामिक विद्यालय दुम्जाका शिक्षक बद्री मैनालीविरुद्ध छात्रामाथि बलात्कार गर्न खोजेको आरोपमा खुर्कोट प्रहरीमा उजुरी दर्ता गराउन वालिकाको दाजुले छोडेपनि इप्रकाले जाहेरी दर्ता गर्न बोलाउँदा दुबै पक्ष मिलिसक्यौं भन्दै पुगेको प्रहरी निरिक्षक सविता केसीले जानकारी दिइन् ।
काभ्रेको रोशी गाउँपालिका वडा नं.२ स्थित भिमपोखरी घर भएका शिक्षक मैनालीले सोही विद्यालयमा अध्यनरत १७ वर्षीया छात्राको सम्वेदनशिल अंग छुने, फोन नम्बर, फेसबुक आइडी माग्ने क्रम निरन्तर गर्न थालेपछि पिडित वालिकाको परिवारका सदस्यले प्रहरी कार्यालयमा किटानी निवेदन बुझाएका थिए । कक्षाकोठामा किताब तथा गृहकार्य हेर्ने बहानामा मैनालीले शरीरका संवेदनशिल अंग छुने गरेको किशोरीका दाजुले चैत ३ गते ईलाका प्रहरी कार्यालय खुर्कोटमा दिएको उजुरीमा उल्लेख गरेका छन् । खुर्कोट इप्रकाकी इन्चार्ज प्रहरी निरीक्षक केसीले मंगलवार साँझ सन्देश जनप्रियसँग भनिन्ः कार्यालयमा ठाडो निवेदन आइपुगेको थियो, पिडित भनिएकालाई जाहेरी दिन आउनुस् भनेर बोलाएको थिएँ, तर पछि दुबै पक्ष मिल्यौं भन्दै आउनुभयो । सो विद्यालयबाट पिडक भनिएका शिक्षकलाई सरुवा गर्ने सर्तमा दुबै पक्षका बीच मिलापत्र भएको आफुले जानकारी पाएँ । कार्यालयमा पिडितका दाई, शिक्षक मैनाली र विद्यालयका प्रधानाध्यापक आउनुभएको केसीले जानकारी दिइन् ।
किशोरीलाई देख्नासाथ चुम्बन गर्ने ४० र ५० हजार पैसा दिन्छु र काठमाडौं घुमाउन लैजान्छु भनेर प्रलोभन देखाएर करणी गर्न खोजेको प्रहरी कार्यालयमा बुझाएको निवेदनमा उल्लेख छ । सन्देश जनप्रिय साप्ताहिकको कार्यालयमा प्राप्त किटानी जाहेरीको छायाँ कपिमा पिडितका दाईले हस्ताक्षर गरेका छन् । खुर्कोट प्रहरी कार्यालयमा दिएको निवेदनको छायाँ कपी सन्देश जनप्रिय कार्यालयमा प्राप्त भएको थियो ।
यसैबीच सुनकोशी गाउँपालिका शिक्षा शाखा प्रमुख यम गौतमले शिक्षक मैनालीले विद्यार्थीलाई यौन र्दुव्यवहार गरेको र इलाका प्रहरी कार्यालयमा उजुरी परेको भन्ने जानकारी आफुले पाएको बताउँदै उक्त घटना मिलापत्र भएको वारे आफुलाई कुनै जानकारी नभएको बताए । उनले भनेः यौन र्दुव्यवहारको अभियोग लागेका व्यक्तिलाई विद्यालयबाट सरुवा गर्ने नाममा मिलापत्र भयो भन्ने कुरा आफुलाई कसैले पनि नभनेको र उनलाई भन्ने वित्तिकै विद्यालयबाट सरुवा गर्न नमिल्ने गौतमको भनाई थियो । घटनाको गाम्भीर्यता हेरेर उनीमाथि कारबाहीको प्रक्रिया अगाडि बढ्ने बताउँदै प्रहरी कार्यालयले त्यसको अनुसन्धान अगाडि बढाउनु पर्ने उनको भनाई छ ।
यसअघि पनि छात्राप्रति यौनहिंसाको आरोपमा परेका मैनाली विद्यालयका स्थायी शिक्षक हुन् । उनले गरेका अनैतिक क्रियाकलाप विरुद्ध विगतमा पनि विद्यार्थीले आन्दोलन गरेका थिए । अघिल्लो वर्ष पनि एक छात्रालाई यौन दुव्र्यवहारको प्रयास गरेका थिए । स्थानीय अभिभावकहरुले उनलाई माफी मगाएर छाडेका थिए ।
प्रहरी कार्यालयमै मिलापत्र !
स्थानीय बासिन्दाका अनुसार यौनजन्य हिंसाको घटना बाहिर आएपछि शिक्षक मैनालीलाई नेकपा माओवादीका कार्यकर्ताले ज्यान मार्ने धम्की दिएपछि एक वर्ष विद्यालयनंै छाडेर काठमाडौंतिर बसेका र आर्थिक प्रलोभनमा त्यसबेलाको घटना मत्थर पारेपछि उनी पुनः बिद्यालय फर्किएका थिए । विद्यालयका प्रधानाध्यापक विनोद कोइरालाले हिजो मंगलवार पिडित वालिकाका परिवार र शिक्षक मैनालीका बीचमा प्रहरी कार्यालय खुर्कोटमा छलफल भएको बताए । मैनालीले विद्यार्थीमाथि यौन र्दुव्यहार गरेको स्वीकार गरेका प्रअ कोइरालाले खुर्कोटमा भएको छलफलमा विद्यालयबाट शिक्षकलाई सरुवा गर्न माग गरेको र त्यस कुरामा आफुले सहयोग गर्ने र उनलाई कुनै पनि हालतमा हाजिर नगराउने प्रतिवद्धता जनाएको बताए । ‘मैंले तपाई ( शिक्षक मैनाली) लाई विद्यालयमा हाजिर गराउन सक्तिनँ, सक्नुहुन्छ भने सरुवा भएर जानुस् नभए राजिनामा दिनुस् भनेपछि उनले म सँग २० दिनको समय माग गरेका छन्’ प्रअ कोइरालाले भने । प्रहरी कार्यालयमा भएको छलफलमा तपाईहरु उजुरीका लागि सिन्धुली जानुस् भनेको थियो, तर पिडितका आफन्तहरुलेनैं हामीलाई विद्यालयबाट मैनालीलाई सरुवा मात्रै गराए पुग्छ भनेपछि कुरा टुंगिएको उनको भनाई थियो । हामीले मिलाउनका लागि कुनै दबाब दिएका छैनौं, म उनलाई विद्यालयमा हाजिर गराउँदिन कोइरालाले भने ।
दोषीलाई छोड्न हुन्नः उपाध्यक्ष
सुनकोशी गाउँपालिकाका उपाध्यक्ष कपिल कोइरालाले यौज र्दुव्यवहारमा संलग्न शिक्षकलाई त्यसै छोड्न नहुने बताएका छन् । उनले आफु न्यायिक समितिको संयोजक पनि भएकाले वालवालिकामाथि यौन जन्य क्रियाकलाप गर्ने शिक्षकलाई कारबाही गर्नु पर्छ भनेर हिंड्ने मान्छेलाई जोगाउन लाग्यो भन्ने गलत समाचार प्रवाह भएको बताउँदै यनले शिक्षक मैनालीलाई उन्मुक्ति दिन नहुने उल्लेख गरे । केही बेर अगाडि खुर्कोटमा घटना मिल्यो भन्ने कुुुरा आफुले सुनेको बताउँदै कोइरालाले गलत शिक्षकका कारणले सामुदायिक विद्यालय बद्नाम बनिरहेको बताए ।
यौन दुव्र्यवहारमा के भन्छ कानून ?
२०७५ साल भदौ १ गतेदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणी सम्बन्धी कसूर र त्यसको दण्ड व्यवस्था अन्तर्गत दफा २२४ मा यौन दुव्र्यवहार के हो ? र के गरिएको अवस्थामा के कति दण्ड सजाय हुने भन्ने प्रष्ट गरिएको छ । दफा २२४ मा यौन दुव्र्यवहार गर्न नहुने भन्दै उपदफा ९१० मा कसैले कसैलाई यौन दुव्र्यवहार गर्न वा गराउनु हुँदैन भनिएको छ ।
उपदफा ९२० मा ‘कसैले आफ्नो पति वा पत्नीबाहेक अन्य व्यक्तिलाई निजको मञ्जुरी विना करणीका आशयले समातेमा वा निजको संवेदनशील अङ्ग छोएमा वा छुन प्रयास गरेमा, निजको भित्री पोशाक खोलेमा वा खोल्ने प्रयास गरेमा, निजले लगाउने भित्री पोशाक लगाउन वा फुकाल्न कुनै किसिमले बाधा अवरोध गरेमा वा निजलाई अस्वाभाविक रुपमा कुनै एकान्त ठाउँमा लगेमा, यौन सम्बन्धी आफ्नो अङ्ग निजलाई छुन, समाउन लगाएमा, निजसँग अश्लिल वा अन्य त्यस्तै प्रकारको शब्द मौखिक, लिखित वा साङ्केतिक रुपमा वा विद्युतीय माध्यमबाट प्रयोग गरेमा, अश्लिल चित्र वा तस्वीर देखाएमा, यौनका आशयले जिस्क्याएमा वा हैरानी दिएमा वा निजसँग अस्वाभाविक, अवाञ्छित वा अमर्यादित व्यवहार गरेमा निजले यौन दुव्र्यवहार गरेको मानिनेछ’ भन्ने उल्लेख छ ।
९३० उपदफा ९१० बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँँसम्म जरिवाना हुनेछ । त्यसैगरी दफा २२५ मा भने बालयौन दुरुपयोग गर्न नहुने उल्लेख गरिएको छ । जसको उपदफा ९१० मा कसैले बालयौन दुरुपयोग गर्न वा गराउन हुँदैन भनिएको छ ।
उपदफा ९२० मा कसैले करणीका आशयले बालबालिकालाई अस्वाभाविक रुपमा एकान्तमा लगेमा, यौन सम्बन्धी निजको अङ्ग छोएमा वा समातेमा, यौन सम्बन्धी आफ्नो अङ्ग निजलाई छुन वा समाउन लगाएमा वा निजसँग अन्य कुनै किसिमको यौनजन्य अस्वाभाविक व्यवहार गरेमा बालयौन दुरुपयोग गरेको मानिनेछ । दण्ड सजायका सम्बन्धमा भने कानुनमा यसरी व्यवस्था गरिएको छ । यसै दफाको उपदफा ९३० मा उपदफा ९१० बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।
बलात्कार घटनाः रकम असुलीको माध्यम !
पछिल्लो ५ वर्ष यता जिल्ला अदालत सिन्धुलीमा दर्ता भएका उजुरीहरु मोटो रकम लेनदेनमा मिलाईने गरिएको छ । शुरुमा जिल्ला प्रहरी कार्यालयमा पुगेर बलात्कृत भएकी वा यौज दुव्र्यवहार भएको भन्दै जाहेरी दिएपछि त्यही जाहेरीका आधारमा अनुसन्धान र तहकिकातपछि जिल्ला सरकारी वकिल कार्यालय मार्फत अदालतमा मिसिल पठाउने र त्यसरी पठाएका मुद्धाहरु लाखौं बार्गेनिङपछि होस्टाइल गराइने संस्कारको विकास भएको छ । जिल्ला प्रहरी कार्यालयले कारबाहीका लागि पठाएका ५० प्रतिशत मुद्धाहरुमा यो अबस्था आउने गरेको सिन्धुली जिल्ला अदालत स्रोतले बताएको छ । अधिवक्ता टंकविक्रम थापा भन्छन्ः अहिले न्यायालयमा बलात्कारका मुद्धाहरु होस्टाइल हुने क्रम ह्वात्तै बढेको र त्यसले समाजमा नकारात्मक असर पु¥याईरहेको छ । जसले गर्दा पिडितहरुमाथि पनि गतल नजरले हेर्ने अबस्था सिर्जना भएको छ, त्यसले न्याय सम्पादनमा सम्स्या सिर्जना गरिरहेको छ । उनी अगाडि भन्छन्ः पछिल्लो विवरणहरुलाई हेर्दा सिन्धुलीको समाज गलत दिशातर्फ उन्मुख भइरहेको छ र त्यसलाई रोक्न सरोकारवाला सबैको सकारात्मक पहल जरुरी छ ।
यो समाचार बुधवारको सन्देश जनप्रिय साप्ताहिकले प्रमुखताका साथ प्रकाशन गरेको छ ।











