हायुटार: घ्याङलेख गाउँपालिकाका उपाध्यक्ष शंकरमान घलानलाई मातृशोक परेको छ । घ्याङलेख गाउँपालिका वडा नम्बर ५ स्थायी बसोबास भएका उपाध्यक्ष घलानको आमा पृथ्बीमायाँ घलानको ७८ बर्षको उमेरमा गत आइतबार साँझ निधन भएको हो ।
लामो समयदेखि काठमान्डौँमा उपचाररत पृथ्वीमाया घलानको आफ्नै निजी निवासमा हृदयघातका कारणले निधन भएको पारिवारिक स्रोतले बताएको छ । ७८ बर्षीय घलानको १२ जना छोराछोरी रहेकाछन् । यसैबीच नेकपा एमालेका केन्द्रीय सदस्य एवम् बुद्धिजिवी फाँटका इन्चार्ज मनोजजंग थापा, ध्याङलेख गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृतलगायतले मृतात्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पणगर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेकाछन् ।










