गोलन्जोरमा ६ दर्जन बढीको मोतियाविन्दुको सफल अपरेशन, स्थानीय भन्छन्ः बल्ल स्थानीय सरकारको अनूभूतिभयो

गोलन्जोर गाउँपालिका वडा नंं ५ निवासी हस्तवहादुर रम्तेल आँखा नदेख्ने भएर घरमै बसिरहनु भएको थियो । उहाँलाई परिवारको सदस्यका लागि बोझ भएजस्तो अनुभूति लागेको थियो तर गाउँपालिकाले जेष्ठ नागरिकको निःशुल्क रुपमा मोतिया बिन्दुको अपरेशन गर्ने थाहा पाए त्यसपछि भने उहाँमा उत्साह थपियो ।
उहाँले वडा कार्यालय मार्फत गाउँपालिकाको स्वास्थ्य शाखामा आफ्नो विवरण पठाउनु भएपछि उहाँलाई आँखा जाँचको लागि गाउँपालिकाबाटै यातायात खर्च उपलव्ध गराइएको स्वास्थ्य शाखा प्रमुख ताराकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले पालिका भित्रका छ दर्जन बढी जेष्ठ नागरिकलाई मोतिया विन्दुको निःशुल्क अपरेशन गरिएको हो । पालिकाले जेष्ठ नागरिकका समस्यामा स्थानीय सरकारको अनुभूति गराउने उदेश्यले यसप्रकारको कार्यक्रम राखेको श्रेष्ठको भनाई छ ।
गाउँपालकाले नयाँ अध्यक्ष पाएपछि पहिलो पटक जेष्ठ नागरिक लक्षित कार्यक्रम ल्याएको थियो । गाउँपालिका अध्यक्ष शंकर बराल भन्नुहुन्छः निर्वाचन बेला जनताको दैलोमा मत माग्न जाने क्रममा जेष्ठ नागरिकमा धेरै समस्याहरु रहेको प्रत्यक्ष अनुभूति भयो । मैंले चुनाव जितेपछि केही न केही सहयोग गर्नेपर्छ र गर्छु भन्ने प्रतिवद्धता जनाएको थिएँ, सोही प्रतिवद्धता अनुसार नीति तथा कार्यक्रममैं जेष्ठ नागरिकलाई लक्षितगर्दै मातिया बिन्दु, जलविन्दु जस्ता आँखा रोगको उपचार र अपेशन गर्ने कार्यक्रम समावेश गरेको थिएँ ।
उहाँ अगाडि भन्नुहुन्छः गाउँ गाउँमा जाने क्रममा देखिएका समस्याहरु समाधान गर्न गाउँपालिकाले प्रयास थालेको छ र त्यसलाई सरोकारवाला सबैले सहयोग गर्न जरुरी छ ।
तिलगंगा आँखा अस्पतालका डाक्टरहरुको विषेश सहयोगमा गाउँपालिकाले निःशुल्क रुपमा पालिका भित्रका जेष्ठ नागरिकको मोतिया बिन्दुको अपरेशन गराएको हो । पालिकाले त्यसका लागि ५ लाख रुपैयाँ वजेट बिनियोजन गरेको थियो भने सो रकम आँखाको औषधी, चश्मा तथा उपचार र अपरेशनमा संलग्न डाक्टरहरुको खानपानमा प्रयोग गरिएको थाहा लागेको छ ।
गोलन्जोर गाउँपालिका ४ तीनकन्याका सन्तवहादुर आलेलाई पनि उज्यालो संसार फेरी देख्न पाइन्छ भन्ने लागेकै थिएन, तर जव गाउँपालिकाले उनको आँखाको शल्यक्रिया गरिदियो त्यसपछि उनले बाहिरी संसार छर्लङ्ग देखे । उनी भन्छन्ः मलाई उज्यालो बाहिरी संसार देखाउन सहयोग पु¥याउने पालिका अध्यक्षलगायत विषेश अन्यवादका पात्र हुनुहुन्छ ।
उहाँ मात्रै होइन पालिकाले आयोजना गरेको शल्यक्रियाबाट बाहिरी संसार देख्नहरु अहिले आएरस्तरबाट आफुहरुले स्थानीय सरकारको अनुभूति गर्न पाएकोमा खुशी देखिएका छन् ।