सम्मानित भए निर्माण मजदुर धनवहादुर !

कामप्रतिको लगनशिलता, हातमा शिप र जिम्मेवारिता दृढतापूर्वक पुरा गर्दा सबैले प्रशंसा गर्छन् र निरन्तर काम पनि पाइन्छ भन्ने उदाहरण बनेकाछन् सिन्धुलीका निर्माण मजदुर धनवहादुर थिङ ।
मुलुकको अर्थतन्त्र कमजोर बनिरहेको छ । सबैलाई आसर्थक समस्याले गाँजेको छ । कतै काम पाइदैन भनेर निर्माण क्षेत्रमा लागेकाहरुले काम गर्न छोडेका छन् तर धनवहादुरलाई काम गर्न भ्याई नभ्याई छ । कमलामाई नगरपालिका वडा नं. १२ शिखरपुर तोरीस्वारा निवासी ३६ वर्षीय थिङलाई हिजो मंगलवार सहरी विकास तथा भवन कार्यालयले गुणस्तरीय काम तोकिएभन्दा छिटो गरेर सिन्धुली जिल्लामै पृथक पहिचान बनाएपछि सम्मान गरेको थियो ।
२२ वर्ष अगाडिदेखी निर्माण मजदुरका रुपमा काम प्रारंभ गरेका उनले अहिलेसम्म आफुले गरेको काममा कुनै गुनासो आउन दिएका छैनन् र भत्काएर बनाउनु परेको पनि छैन, सन्देश जनप्रियसँगको कुराकानीमा भने ।
निर्माण व्यावसायिको तर्फबाट काममा संलग्न डकर्मीहरुको मनोवल उच्च बनाउने उदेश्यले पचनी निर्माण सेवा मार्फत कार्यालयको निर्माण कार्यमा संग्लग्न कमलामाई नपा १२ सिन्धुली निवासी डकर्मी धनबहादुर थिङलाई सिपको मुल्यांकन गर्दै सम्मान गरिएको छ ।
विभिन्न ठेकेदारहरुसँग काम गरियो तर अहिलेसम्म कहिंकतै गाली खानु परेन बरु स्यावासी पाएको थिएँ, आज दुर्गा घिमिरे सरले कार्यालयमा बोलाएर सम्मान अविर, माला र खादा लगाएपछि त म छक्कनैं परें । २२ वर्षे कामको अवधीमा मैंले हिजो हाकिबाट सम्मानित हुने अबसर पाएँ, यस खुशीको अनुभूति यस अगाडि कहिल्यै गरेको थिईन, थिङले हर्षित हुँदै भने ।
उनलाई सहरी विकास तथा भवन कार्यालयले जिल्लाका विभिन्न निर्माण क्षेत्रमा काम गर्ने मजदुरहरु मध्ये सबैभन्दा राम्रो र गुणस्तरीय काम गरेको आधारमा कार्यालयमैं बोलाएर सम्मान गरेको कार्यालय प्रमुख दुर्गाप्रसाद घिमिरेले बताए । उनले अगाडि भनेः मैंले धनबहादुर जस्तो लगनशिल र पेशाप्रति इमान्दार भएर काम गर्ने अरु कोही पनि मजदुर अहिलेसम्म पाएको छैन, उनी सिन्धुलीमा सम्मान योग्न मजदुर हुन् ।
धनबहादुरको काम प्रतिको लनशिलता र गुणस्तरिताकै कारणले नेपालकै क श्रेणीको निर्माण कम्पनी कालिका कन्ट्रक्सनले पेटीमा काम गर्नका लागि उनीसँग संझौतासमेत गरेको छ । कालिगण्डकी करिडोरमा काम गर्नका लागि सिन्धुली जिल्लाबाट गएका १५ वटा फर्महरु मध्ये उनीसहित २ जनालाई काम गर्नका लागि कालिकाले छनोट गरेपछि उनी पहिलो पटक ठेकेदारका रुपमा उदाएका छन् । कालिकाका इन्जिनियरले उनलाई फर्म दर्ता गरेर आउनु हामी कामको जिम्मा दिन्छौं भनेपछि उनी आफ्नै नाममा निर्माण कम्पनी दर्ता गरेर प्रतिस्पर्धामा सामेल भएका थिए । विगत देखीनैं कालिकासँग पेटी ठेक्कामा काम गरेकालाई पछाडिपार्दे धनबहादुरलाई कालिगण्डकी कोरीडोरमा काम गर्नका लागि जिम्मा दिइएपछि उनीमा खुशीका सिमानैं रहेन । मलाई यस्तो कामको जिम्मा दिनुहुन्छ भन्ने सोचेकै थिईन, तर अचानक तपाई छनोट हुनुभयो, मानिसहरु लिएर ७ गते आउनु होला भनेपछि खुशीको सिमानैं छैन, उनले भने ।
मैंले त मन्त्रीको ठेक्कामा काम गर्ने अबसर पाएको छु, उहाँसँग मेरो निर्माणकै काम गर्ने शिलशिलामा तीन पटक भेट भएको थियो । कुराकानी गर्न असाध्यै मन लगोको थियो, हुनै पाएन धनवहादुरले हर्षित हुँदै भने ।
उनी सम्मानित भएपछि निर्माण व्यवसायी उद्धव दाहाल सामाजिक सञ्जाल फेसबुमा लेख्छन्ः निर्माण क्षेत्रको वास्तबमै सम्मान गर्न लायक व्यक्ति हुन् धनवहादुर थिङ्ग । साथै सम्मान पाउने र सम्मान दिने हाकिम साव दुवै जनालाई हार्दिक बधाई । त्यसैगरी अधिवक्ता जयकुमार सापकोटा लेख्छन्ः सहि सम्मानको शुरूवात भएको छ । काम गर्नेलाई सम्मान गर्ने गरौं, कुर्सिमा बस्नेलाई होईन ।
नवलपरासीको गैंडाकोटदेखि पाल्पा राम्दी भएर निर्माण शुरु भएको कालीगण्डकी करीडोर निर्माणले तीब्रता नपाएका बेला धनहादुरजस्ता मजदुरलाई लगेर कालिकाले काम अगाडि बढाउन लागेको हो ।
पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका र बुलिगंटार र बौंदीकाली गाउँपालिका हुँदै पाल्पा, स्याङजा, पर्बत बाग्लुङ भएर मुक्तिनाथ जोड्ने कालीगण्डकी करिडोरको मुख्य उदेश्य रहेको थाहा लागेको छ ।

May be an image of 3 people and people standing

– यो समाचार आजको सन्देश जनप्रिय साप्ताहिकले लेखेको छ