निक्कै ठूलो राजनैतिक रसकस्सीका बीच दलीय सहमति हुन नसकेको सिद्धेश्वर खानेपानी उपभोक्ता संस्थाको आगामी पुस १४ गते हुने निर्वाचनमा अध्यक्षका लागि ३ जना उम्मेदवार चुनाबी मैदानमा होमिएका छन् ।
निर्वाचन समितिले अन्तिम नामावली प्रकाशनसँगै उम्मेदवारहरुलाई चुनाब चिन्ह प्रदान गरेसँगै सिद्धेश्वर खानेपानीमा विगतमा भएको दलीय भागशान्ति यस पटक भने सहजै हुन सकेन । विगतमा एमाले कांग्रेस र माओवादी केन्द्रले मिलाएर आफ्नो भागशान्ति मिलाएपनि यस पटक भने माओवादी केन्द्र र नेपाली कांग्रेसभित्रैबाट बागीहरु बनेपछि ती दलका लागि
खानेपानीको निर्वाचन जीवन मरणको विषय बनिरहेको छ ।
यस पटक नेकपा(एमाले) र राप्रपाले सयुक्त प्यानल बनाएका छन भने नेपाली काग्रेस र नेकपा(माओवादी केन्द्र)ले आन्तरिक विवादका बीच शनिवार संयुक्त प्यानल सार्वजनिक गरेको छ । यता नेपाली कांग्रेसका तर्फबाट खानेपानीकै निर्वतमान सदस्य बन्नु भएका लोकविक्रम थापाले स्वतन्त्र रुपमा अध्यक्षमा उमेदवारी दिएपनि कांग्रेस माओवादी गठबन्धन तर्फबाट अध्यक्षका उमेदवार बनेका शेखर मिश्र र एमाले राप्रपा गठबन्धनका अध्यक्ष घनश्याम देवकोटाका बीच तिब्र प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । एमाले र माओवादी केन्द्रका बीचमा केन्द्र तथा प्रदेश सरकार बनाउन मोर्चाबन्दी भएपनि सिन्धुलीका माओवादी केन्द्र र नेपाली कांग्रेसले स्थानीय तथा प्रदेश निर्वाचनमा गरेको प्यारलाई छुटाउन चाहेनन् ।
यता नेपाली कांग्रेसका तर्फबाट विगतमा वडा सदस्य बनेका थापा अहिले खानेपानीलाई राजनैतिक मुक्त क्षेत्र बनाउनु पर्छ भन्दै अध्यक्ष पदका लागि स्वतन्त्र उमेदवारी दिएका छन् । विगतमा पनि ७ राजनैतिक दलका उमेदवारलाई पराजितगर्दै स्वतन्त उमेदवारले अध्यक्षमा विजयी बनेको इतिहासलाई दोहोर्याउने दाउमा उनी देखिन्छन् । यता पार्टीको आधिकारिक उमेदवार बनेका मिश्र जिल्ला पार्टी सभापति उपेन्द्रकुमार पोखरेलको कारण आफुले बागी उमदवारको सामना गर्नु परिरहेको निश्कर्षमा छन् । पार्टी सभापतिले पहल गरिदिए आफ्नो विजय सुनिश्चित देखेका मिश्र दोहोरो भूमिकाबाट सशंीकत बनिरहेको छ । शेखर समूहसँग वा थापा समूह कोसँग सहकार्य गर्ने भन्नेमा टुंगोमा पुग्न नसकेका माओवादीका जिल्ला नेताहरुले आफ्नो तर्फका बागीहरुलाई साइल ेन्स बनाउँदै शेखर समूहमा आफ्ना नामहरु सार्बजनिक गरेकाछन् । तर केही माओवादी नेताहरु थापालाई अध्यक्ष मानेर जानुपर्ने पक्षमा देखिएका छन् । कांग्रेसकै दुई उमेदवार देखिएपनि एमाले राप्रपा गठबन्धनबाट अध्यक्ष बनेका देवकोटाका लागि चुनावी प्रतिस्पर्धा केही सहज बन्ने देखिएको छ । यद्यपी राजनैतिक दलका उमेदवारलाई धुलो चटाएका खानेपानीका मतदाताहरुले यस पटक भने तीन जना मध्ये कसलाई विजयी गराउँछन् त्यो भने हेर्न वाँकी छ ।
यस्तो छ अध्यक्ष पदका उम्मेदवारहरुको प्रतिबद्धता ः

सुरज मिश्र(शेखर)
चुनाब– चिन्ह फुटबल
अनुभव र योग्यता
– ग्रामीण खानेपानी तथा सरसफाई विकास कोष समितिद्धारा सिन्धुलीका विभिन्न् गाउँपालिका तथा नगरपालिकाहरुमा सञ्चालित खानेपानी आयोजनाको कार्यक्रम संयोजक रहि ३ दर्जन आयोजना कुशलतापुर्वक सम्पन्न गरेकाछन् ।
– शिद्धेश्वर खानेपानी उपभोक्ता संस्थाको २ कार्यकाल कोषाध्यक्षको जिम्मेवारी पुरा गरेको , विभिन्न संघ संस्थामा रहि १५ वर्ष देखी सामाजिक भुमीका निर्वाह गर्नुका साथै स्नातकोत्तरसम्मको अध्यन पुरा गरि विभिन्न अनुभवहरु प्राप्त गरेको बताए ।
मिश्रको प्रतिबद्धता :
-शिद्धेश्वर खानेपानीको हाल भईरहेको श्रोतको उचित ब्यवस्थापन, निर्माणाधिन श्रोत र संरचनाहरुको द्रुत गतिमा निर्माण गर्दै उपभोक्ताहरुलाई पर्याप्त मात्रामा सुद्ध खानेपानीको ब्यवस्थापन गर्ने ।
-बढ्दै गईरहेको जनघनत्व र जनसंख्यालाई मध्यनजर गर्दै सुनकोशी मरिण ड्राइभर्सन परियोजना भन्दा तलबाट लिफ्ट प्रविधीबाट खानेपानी ल्याई सदरमुकाम क्षेत्रमा सुद्ध खानेपानीको ब्यवस्था गर्ने ।
-मुहान देखी उपभोक्ताहरुको धारा सम्म सुद्ध खानेपानी पु¥याउने कुरामा प्रतिबद्ध हुँदै दक्ष प्राविधिकको ब्यवस्था सहित ल्याब सञ्चालन गर्ने ।
-नगर बिकास कोषको कर्जाको सावा तथा ब्याज घटाई संस्थालाई कर्जा मुक्त बनाउने ।
-हालको न्यूनतम शुल्क १० घनलिटरबाट बढाएर १२ घनलिटर बनाउने ।
-सार्वजनिक तथा अति महत्वपूर्ण स्थल अस्पताल, नेपाली सेना, नेपाल प्रहरी, विद्यालय तथा क्याम्पसमा २४ सै घण्टा खानेपानीको ब्यवस्था गर्ने ।
-निर्माणाधिन अवस्थामा रहेको कनपा–७ र कनपा–५ को प्रदेश सरकारको आयोजना निर्माण पश्चात ३ हजार नयाँ धाराहरुको वितरण गर्ने ।

लोकविक्रम थापा
चुनाब चिन्हः कुर्सी
अनुभव र योग्यता
-शिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २ कार्यकाल सदस्य पदमा रहेर भुमिका निर्वाह गरेको ।
-२०७४ को स्थानीय तह निर्वाचनमा वडा सदस्यको रुपमा निर्वाचित भएर वडाबासी नागरिकहरुको सेवा गरेको ।
-विभिन्न सामाजिक संघ संस्थामा रहेर महत्वपूर्ण भुमिका निर्वाह गरेको ।
प्रतिबद्धता
-नगरबासीलाई विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार बाह्रै महिना सुद्ध खानेपानी उपलब्ध गराउन गुणस्तरिय प्रविधि र प्राविधिकको ब्यवस्थापन गरि उपभोक्ताहरुको धारामा सुद्ध पिउने पानीको सुनिश्चितता गर्ने छु ।
-खानेपानी पाइपलाइनको ब्यवस्थापनको लागी दक्ष इन्जिीनियर, प्राविधिकहरुको ब्यवस्थापन गरि ब्यवस्थित र योजनाबद्ध ढंगले पाइपलाइनको विस्तार गरि चुहावट नियन्त्रण गर्दै खानेपानीको समानुपातिक बितरणको ब्यवस्था गर्ने छु ।
-खानेपानीको श्रोत व्यवस्थापनका लागी राजनैतिक दल, स्थानीय उपभोक्ता बुद्धिजिवी र संघ संस्थाहरुसँग समन्यव गरि मुहानको पहिचान र आईपर्ने समस्याहरुको समाधान गर्ने छु ।
-कमलामाई नगरको खानेपानी व्यवस्थापनका लागी प्रदेश सरकारबाट भईरहेको काममा ढिलाई भएकाले तदारुकताका साथ कार्य सम्पनन् गर्न सवैपक्षसँग सहकार्य गरि पहल गर्ने छु ।
-सेवा क्षेत्र भित्र बढ्दै गईरहेको जनसंख्यालाई मध्यनजर गर्दै दिर्घकालिन रुपमा खानेपानीको व्यवस्थापन गर्न केन्द्रिय योजनाको लागी डिपिआर तयार गरी योजना माग र कार्यान्व्यनका लागी पहल गर्ने छु ।
-प्रत्येक आर्थिक वर्षमा संस्थाको आम्दानी र खर्च सार्वजनिक गरि पारदर्शिता कायम गर्नेछु । साथै कर्मचारीहरुको कामको मुल्याकंन गरि पुरस्कृत गर्ने छु ।

घनश्याम देवकोटा
चुनाब चिन्हः घर
अनुभव र योग्यता
-लामो समय देखी विभिन्न् सामाजिक संघ संस्थामा रहेर सामाजिक कार्यमा क्रियाशिल रहेको ।
-स्थानीय तह निर्वाचन–२०७४ कमलामाई वडा नं.–६ को वडा सदस्यको रुपमा निर्वाचित भई जनताको सेवामा क्रियाशिल रहेको ।
प्रतिबद्धता
-नगरबासीलाई सुद्ध गुणस्तको पिउने पानिको ब्यवस्था गर्न हाल सञ्चालित योजनाहरुको मर्मत, स्तरउन्नती तथा नयाँ आयोजनाहरुको ब्यवस्था गरि “शिद्धेश्वरको पानी, अजुँलीमा थापेर खानी” भन्ने नाराका साथ उपभोक्ताहरुको धारामा सुद्ध पिउने पानी उपलब्ध गराउने छु ।
-एक घर एक धारा सुद्ध खानेपानी शिद्धेश्वरको अभिभारा भन्ने नाराका साथ नियमित रुपमा प्रत्येक उपभोक्ताहरुको धारामा खानेपानीको उपलब्धतालाई सुनिश्ति गर्नेछु ।
-संस्थाको आन्तरिक सबलीकरणका लागी दक्ष प्राविधिक जनशक्तिको ब्यवस्थापन गर्नेछु ।
-संस्थाको ऋण चुक्ता गर्न र बक्यौता रकम उठाउन विशेष योजना निर्माण गरि संस्थालाई ऋणमुक्त र बक्यौता मुक्त बनाउने छु ।
-डिजिटल प्रविधि मार्फत महसुल भुक्तानी तथा गुनासो सुनुवाई गर्ने ब्यवस्था गर्नेछु ।
-खानेपानीको चुहावट नियन्त्रण तथा पाईप लाइनहरुको विस्तारको कार्यलाई सवै पक्षसँग समन्यव गर्दै ब्यस्थित बनाउने छु ।
यो सामाग्री संवाददता पवन राउतले तयार पारेका हुन् ।