वागमती प्रदेशसभा सञ्चालनको तयारी

वजेट ल्याउने दिन नजिकिँदै जाँदा वागमती प्रदेशसभा पनि सञ्चालनको तयारी सुरु भएको छ । भौतिक दूरी कायम गरेर बैठक सञ्चालन गर्न प्रदेशसभाले तयारीसमेत गरेको छ ।

कोरोना भाइरस सङ्क्रमणको जोखिम कम गरी प्रदेश सभा सदस्यहरुलाई बस्ने व्यवस्था गरिने सभामुख सानुकुमार श्रेष्ठले जानकारी गराएका छन् । उनले जेठको पहिलो हप्तासम्म भौतिक दुरी कायम गर्दै प्रदेश सभा बोलाउने तयारी भइरहेको जानकारी दिए ।