रसियाली एक अभियोजनकर्ताले सोमबार युक्रेनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सैन्य हस्तक्षेपको निन्दा गरेकोमा २९ वर्षिय युवक इल्या यासिनलाई नौ वर्षको जेल सजायको अनुरोध गरेको छ ।
अभियोजन पक्षका अनुसार मस्कोका पूर्व सहरका याशिनले वर्तमान रुसी सरकार विरोधी छलफलमा कीभ उपनगर बुचामा सर्वसाधारणको नरसंहारको लागि कब्जा गरेको रुसी सेना जिम्मेवार रहेको दाबी गरेको भन्दै उनीमाथि उक्त आरोपमा दोषी ठहर्याइएको मस्को टाइम्सले बताएको छ ।
याशिनलाई फेब्रुअरी पछि लागु भएको नयाँ कानून अन्तर्गत मुद्दा चलाइएको छ, जब युक्रेनमा लडाई तीव्रभयो, अधिकारीहरूले रुसी सेनाको बारेमा गलत जानकारी वा हानि पुर्याउने जो सुकैलाई पनि कानूनी दायरामा ल्याउने बताइसकेको छ ।
यासिन केही रुसी आलोचकहरू मध्ये एक थिए जसले राष्ट्रपति पुटिनले फेब्रुअरी २४ मा युक्रेनमा सेना पठाएपछि देश छाड्न अस्वीकार गरे । तब देखि उनले १३ लाख सदस्यहरू भएको आफ्नो युट्युव च्यानलमा रुसी आक्रमणको नियमित रूपमा निन्दा गर्दै आएका छन् ।
नेपाली अनुवाद: उज्वल न्यौपाने