गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना जारी छ। सोमबार थालिएको मतगणनाअनुसार शुक्रबार बिहानसम्म प्रतिनिधिसभा अन्तर्गतका १६५ क्षेत्रमध्ये ११४ स्थानको नतिजासमेत आइसकेको छ।
हालसम्म ११४ क्षेत्रको नतिजा आउँदा प्रत्यक्षतर्फ नेपाली कांग्रेसले अग्रता कायम गरिरहँदा समानुपातिकतर्फ भने नेकपा एमाले अगाडि देखिएको छ। समानुपातिकतर्फ एमाले अगाडि देखिएको छ। प्रतिनिधिसभातर्फ शुक्रवार बिहानसम्म एमालेले ९ लाख ७ हजार ३३६ मत पाएको छ।
दोस्रो स्थानमा रहेको कांग्रेसले ८ लाख ६९ हजार ४२३ मत पाएको छ। तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले ४ लाख ४२ हजार ८३६ र चौथो स्थानमा रहेको माओवादी केन्द्रले ४ लाख ५ हजार ९२८ प्राप्त गरेर तेस्रो स्थानका लागि रास्वपालाई पछ्याईरहेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २ लाख ३७ हजार ५९४ र अन्य दलले ५ लाख ३१ हजार ६७८ प्राप्त गरेकाछन् ।











