मरिण गाउँपालिकाका वडा नं. २ सखौरी स्थित आवासीय विद्यालयका प्रधानाध्यापक रुद्रवर्ण राना विद्यालयको पठन पाठनगरी घुमघाममा निस्केकाछन् । विद्यार्थीको पढ्न पाउने अधिकार कुण्ठितगर्दै मरिण गाउँपालिकाको शिक्षा समितिका सदस्यसमेत रहेका राना रमाइलो पोखरा घुमघाममा निस्केका फोटोहरु फेसवुकमा पोष्ट भएका छन् । विद्यालयको पठनपाठनमा लाग्नुपर्ने प्रअरानाको उक्त कार्यलाई लिएर स्थानीयवासी आक्रोसित भएको विवरणहरु प्राप्त भएको छ ।