कञ्चनपुर निर्वाचनक्षेत्र नम्बर–३ कानिवर्तमान सांसद डा. दिपकप्रकास भट्टले दोधराचाँदनीमा सुक्खाबन्दरगाहनिर्माणको काम अघि बढाउदाँ नेपालीकांंग्रेसले अवरोध गरेको खुलासा गरेका छन् । उनले दोधराचाँदनीमा सुख्खा बन्दरगाह निर्माणबारे स्थलगत अनुगमनकालागि पुगेको टोलीमाथि आक्रमण गरिएको स्मरणगदैँ त्यसमा नेपालीकांग्रेसका नेता रमेश लेखकको भूमिका रहेको भन्दै कञ्चनपुरवासीले अहिले प्रश्न गर्न थालेकाछन् ।
दोधराचाँदनीमा आयोजित एक कार्यक्रममा बोल्दै निवर्तमान सांसद भट्टले अगाडि भने: ‘अहिले दोधराचाँदनी सुक्खा बन्दरगाहको सपना मंैले देखेको हुँ भन्नेलाई मेरो भन्नु केहि छैन ।’ उनको प्रश्न छ ‘दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माणका लागि हामी जनतामाभ mनिरन्तर गईरहदाँ त्यसको विरोध गर्ने को थिए ?सुक्खाबन्दरगाह स्थलगत अनुगमनकालागि कञ्जभोज आएको संयुक्त टोलिको विरोध गर्ने को थिए ? कालो झण्डा देखाउने को थिए ? ढुङ्गा मुढा प्रहार गर्ने को थिए ?’उनको केही वर्षअघि सांसद भट्टसहित नेपालस्थित भारतीय दूतावास र इन्टरमोडल यातायात विकास समितिको संयुक्त टोलीले सुक्खा बन्दरगाह निर्माण हुने भनिएको कञ्चभोजमा स्थलगत अनुगमनका लागि आएको थियो । उक्त टोलीमाथि स्थानीयले आक्रमण गरेकाथिए । उनिहरुले टोलीमाथि ढुंगामुढा प्रहार गर्नुका साथै कालोझण्डा देखार विरोध गरेकाथिए ।
कांग्रेस नेता रमेश लेखकले कार्यकर्ता परिचालन र स्थानीयलाई उकासेर बन्दरगाहको विरोध गर्न लगाएको आरोप कञ्चनपुरवासीले लगाउँदै आएकाछन् । पछिल्लो समय निर्वतमान सांसद भट्टकै पहलमा दोधारा चाँदनी नगरपालिका–१ को मायापुरी सामुदायिक वन र गौरीशंकर सामुदायिक वन रहेको क्षेत्रमा सुक्खा बन्दरगाह निर्माणका लागि काम अघि बढेको छ । ‘सुख्खा बन्दरगाह, एकिकृत जाँचचौकी र विषेश आर्थिक क्षेत्रको के हो भन्नेमा स्थानीय स्तरमा स्पष्टता थिएन्, त्यस विषयमा हामीले अघिल्लो कार्यपालिका र नगरपालिकाको टिमलाई स्थलगत अनुगमनका लागि विरगञ्ज लगेर प्रष्ट पारेका छौँ ।’ निवर्तमान सांसद भट्टले भने ‘सबैलाई बुझाएर यसबारे समझदारी बनेको छ, भविष्यमा सुदुरपश्चिमकै ठुलो सहर र व्यापारिक नाकाबनाउने योजनारहेको छ ।’

महाकालीकरिडोरमा एक अर्व बजेट विनियोजनगरि ०६७ सालदेखि अवरुद्ध रहेको महाकालीकरिडोरको काम अघि बढेको बताउँदै उनले भने ‘दोधराचाँदनीलाई विकास मुल प्रवाहबाट पछाडी पारिएको भन्ने मान्यतालाई तोडेका छौँ, जनताको सेवकको रुपमा पार्टी र हामीकाम गरेका छौँ ।’ साथै उनले कञ्चनपुर–३ मा राप्रपासँगगरिएको चुनावी तालमेल राष्ट्रिता र विकासको पक्षमा भएको पनि स्पष्ट पारेका छन् ।











