निर्वाचन आयोगलाई भीम रावलको प्रश्न : ‘शीर्ष’ ठानेका नेताहरूलाई अहिले नै ‘विजयी’ घोषणा गरिदिए कसो होला ?

नेकपा एमालेका नेता डा. भीम रावलले निर्वाचन आयोगप्रति कडा टिप्पणी गर्नुभएको छ । एमाले नेता रावलले निर्वाचन आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा ‘No Not Again’, ‘NO NOT AGAIN’ र ‘No Not again’  नामका फेसबुक पेज र ग्रुपलाई बन्द गर्न भनिएको प्रति लक्षित गर्दै यस्तो टिप्पणी गर्नुभएको हो ।

आयोगले विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा झुठा पेज र ग्रुप बनाएर दलका नेताविरूद्ध भ्रामक प्रचार गर्नेलाई कारबाही गर्ने बताएको थियो ।

साथै नेता रावलले आयोगको भनाई नेपालको संविधानको धारा १७ को विचार र अभिव्यक्तिको स्वतन्त्रता र १९ को सञ्चारको हक विरूद्ध रहेको समेत बताउनु भएको छ ।


Bhim Rawal, PhD
@BhimRawal179कसैलाई मतदान गरौं वा नगरौं भन्न नपाइने भए निर्वाचन आयोगले ‘शीर्ष’ ठानेका नेताहरूलाई अहिले नै ‘विजयी’ घोषणा गरिदिए कसो होला? यद्यपि आयोगको भनाई नेपालको संविधानको धारा १७ को विचार र अभिव्यक्तिको स्वतन्त्रता र १९ को सञ्चारको हक विरूद्ध छ।·Twitter for iPhone38 Retweets15 Quote Tweets280 Likes