सिन्धुली २ मा मनोजजंग थापा नै किन आए ?

संघीय संरचनामा मुलुक गएपछि अगामी मंसिर ४ गते दोस्रो पटक संघीय संसद र प्रदेशसभाको चुनाव हुँदैछ । चुनाव नजिकिदै गर्दा अहिले चोक चौतारा देखी चिया पसलसम्म चुनाबी मैदानमा होमिएका उम्मेदवारको चर्चा परिचर्चा भईरहेको छ । सिन्धुलीमा संघ तर्फ दुई र प्रदेश तर्फ चार निर्वाचन क्षेत्र रहेको छ । गठबन्धन दलका काग्रेस, माओवादी, समाजवादी र बावुराम नेतृत्वको जसपा एकातिर छ भने नेकपा (एमाले) एक्लै चुनाबी मैदानमा होमिएको छ । गठबन्धनको सामाना गर्दै स्थानीय तह निर्वाचनमा दुई गाउँपालिका प्रमुख, दुई उप प्रमुख र २३ वटा वडामा वडा अध्यक्ष जितेको नेकपा(एमाले) निक्कै उत्साहका साथ चुनाबी मैदानमा देखिएको छ । गठबन्धन भित्रको तिब्र अन्तरविरोध र जनताहरुले नेकपा (एमाले) र नेकपा (एमाले)का उमेदवारहरु प्रति देखाएको सदासयताका कारण यसपटकको प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनमा चमत्कार हुने नेकपा (एमाले) को दाबि छ । सिन्धुली प्रतिनिधीसभा निर्वाचन क्षेत्र नं.२ मा नेकपा(एमाले)ले केन्द्रिय सदस्य तथा बुद्धिजिवि परिषद इन्चार्ज इन्जिनियर मनोजजंग थापालाई उमेदवारको रुपमा अगाडि सारेको हो ।

No description available.

सिन्धुली २ का मतदाताको चाहना
दुईमा मनोजजंग थापा उम्मेदवार बनुन् भन्ने आफूहरुले चाहेको स्थानिय मतदाताहरु बताउँछन् । पार्टीका कार्यकर्ता तथा मतदाताहरुले पनि मनोजजंग थापा उठ्दा उपयुक्त हुने चाहाना ब्यक्त गरिरहेका थिए । मतदाता भन्छन्: मनोजजंग थापा उत्कृष्ट उमेदवार हो, किनकी उनी जस्तो बौद्धिक ब्यत्तित्व सिन्धुलीलाई आवश्यक छ, युवा र पाका दुवैको मनोविज्ञान बुझ्न सक्छन् । देश विदेश बुझेका छन् । उनको प्रतिनिधित्वले निती निर्माण तहमा महत्वपूर्ण योगदान सिन्धुलीले पुर्‍याउन सक्छ । समयले नेतृत्वमा नयाँपन खोजेको छ त्यो पनि पुरा हुन्छ । उनमा बिषय विज्ञता, राष्ट्रिय अन्तराष्ट्रिय राजनैतिक सुझवुझ, जोस जाँगर , विकसित प्रविधिको ज्ञान र बेरोजगार युवाहरुलाई स्वदेशमैं रोजगारी सिर्जना गर्न सक्ने योजनाहरु उनका आशालाग्दा विशेषता हुन् ।
संघीय संसदमा संवैधानिक प्रावधान अनुरुप जो जहाँबाट उम्मेदवार बन्न सक्ने भए पनि आफू जन्मिएका हुर्किएको ठाउँ, आफू मतदाता रहेको स्थान, साथीभाईको आग्रह, अनी आफ्नै जिल्लाको लागी राजनैतिक सामाजिक जिवनको उर्जा खर्च गरौं भन्ने उदेश्यका साथ सिन्धुली दुईमा उमेदवार बनेको मनोजजंग थापा बताउछन् ।
थापा भन्छन्, चुनाब लड्ने वा नलड्ने विषय पार्टीले दिने जिम्मेवारी र समयको आवश्यक्ताको विषय हो तर उनी आफु बाल्यकालमा हुर्केबढेको ठाउँबाटै चुनाब जितेर आगामी दिनहरुमा भुमिका पुरा गर्ने चाहाना रहेको बताउछन् । किनकी उनको रगतमा यहाँको माटोको सुगन्ध मिश्रितछ ।
चुनाबी मैदानमा रहेका उम्मेदवारहरु मध्ये मनोजजंग थापा साँच्चै आसा लाग्दो व्यक्तित्व पनि हुन् । उनलाई सिन्धुलीबाट संघीय संसदमा पठाउन सक्दा संसदको गरीमा बढ्छ । मनोजको क्षमता माथि न्याय हुन्छ, संसदीय राजनीतिमा एउटा फक्रँदै गरेको कोपिला फुल्ने अवसर पाउँछ । बढ्दै गरेको मुनालाई मलजल हुन्छ । लोकतान्त्रिक आन्दोलन पछिको निर्वाच हेर्ने हो भने सिन्धुलीका मतदाताहरुको रोजाई जहिले पनि बौद्धिक ब्यक्तित्वकै हुने गरेको छ । डा. धुर्व ढकाल, संकरनाथ शर्मा देखी सिपी गजुरेल, मोहन बराल हुँदै हरिबोल गजुरेलसम्म आउँदा मतदाताहरुको रोजाईलाई प्रष्ट बुझ्न सकिन्छ कि सचेत मतदाताहरुले पहिचान गर्न जानीसकेका छन् ।
प्रजातन्त्रको सबैभन्दा सुन्दर पक्ष भनेको आवधिक निर्वाचन हो, जहाँ जनताले आफूमाथि शासन गर्ने प्रतिनिधि आफै चयन गर्दछन् । त्यसैले निर्वाचन प्रजातन्त्रको मुटु हो । तर हाम्रो जस्तो विकासोन्मुख देशमा जनताले मत दिँदा यो मर्म कति बुझ्छन्, त्यो अलग बिषय छ । मतदाताहरुलाई मनी, मसल मिडियाले कसरी प्रभाव पार्दछ ,त्यो देखे भोगेकै कुरा छ । मनोजजंग मध्यबर्गिय परिवारमा हुर्किएर पनि विद्यार्थी जिवन देखी कम्युनिष्ट आन्दोलनमा लामबद्ध हुँदै आफ्ना भुमीकाहरुलाई कुशलतापुर्वक निर्वाह गर्दै आएका ब्यक्तित्व हुन् । त्यतिमात्र होइन उनी राष्ट्रिय अन्तराष्ट्रिय राजनीतिलाई राम्रोसँग बुझेका बौद्धिक ब्यक्तित्व हुन् ।
मनोजजंगको बिशेष के छ ?
मनोजजंगमा सिप छ, शैली छ, परिवर्तनका एजेण्डाप्रति प्रष्ट बुझाई छ । सांगठनिक क्षमता बैचारिक सुस्पष्टता छ । सबै हिसाबले उनी अब्बल छन् । उनले शक्ति र शत्ताको कहित्यै दुरुपयोग गरेनन् । उनीसँग जिल्लाको बिकास गर्ने प्रष्ट खाका छ । पेशाले उनी इन्जीनियर हुन् । उनीसँग समाजलाई रुपान्तरण गर्ने गहिरो प्रतिबद्धता र उत्साह छ । सुखी नेपाली र सबृद्ध नेपाल निर्माणको आकाक्षा पुरा गर्ने मार्गचित्र छ । जिल्लाको समग्र विकासमा केहि गर्नुपर्छ भन्ने हुटहुटी छ र उनीसँग राजनैतिक, बौद्धिक तथा प्राविधिक जनशक्तिसँगको मार्धुयता छ ।
के छन् ऐजेण्डा ?
मनोजजंग सांसद भनेर चिनीनकै निम्ती मात्र संसदमा छिर्न खोजेका पनि होईनन् । उनले प्रष्ट रुपमा भन्दै आएका छन् मुलुकको अवस्था ठिक बनाउन पहिला सहि नीति, नेतृत्व र योजना हुनु पर्दछ । सही नीति र योजना निर्माण गर्ने योग्य व्यक्तिहरु नीति निर्माण गर्ने तहमा पुग्नु पर्दछ । आफू त्यसकै प्रयत्नमा रहेको उनले सार्वजनिक रुपमै बताउँदै आएका छन् । केबल चुनाव उठ्नका निम्ती उठ्ने होइन । उनीसँग मुलुकका समस्या समाधान गर्ने योजना र दृष्टीकोण छन् । तिनै योजना र दृष्टीकोण नीति निर्माण गर्ने तहमा पुराउन चाहन्छन मनोजजंग ।
राष्ट्रियता, जनतन्त्र र जनजिविकाका सवालहरु तर्फ विशेष ध्यान दिनु पर्ने उनको बुझाई छ । राष्ट्रबाद चुनाबि एजेण्डा मात्र बन्नु हुँदैन । राजनैतिक स्थिरता नहुँदा वैदेशीक शक्तिकेन्द्रहरुले खुलेआम रुपमा हामी माथि हस्तक्षेप गरिरहेका छन त्यसैले स्थिरता आवश्यक छ । अर्कोतर्फ शिक्षा, स्वास्थ्य, रोजगारी, आर्थिक संमृद्धि, दिगो बिकास, सुशासन जस्ता बिषय मेरा एजेण्डा हुन् । हामीले पटक पटकका आन्दोलन र बलिदानीबाट व्यवस्था बदल्यौं अब अवस्था बदल्दै सबृद्धिको यात्रा तर्फ लाग्नु छ । म तीनै सुखी नेपाली र सबृद्ध नेपाल निर्माण गर्ने एजेण्डा ससदसम्म पुराउन चाहन्छु । त्यसैले त्यस्तो अवसरको खोजीमा छु । मनोजजंग भन्छन्, अहिलेको एउटा प्रमुख समस्या बलिदानबाट प्राप्त राजनीतिक अधिकार र ती अधिकार कार्यन्वयन गर्न देशको कमजोर अर्थव्यवस्था बिचको अन्तरबिरोध हो । संविधानमा गाँसबास र कपासको सुनिश्चितता गर्ने व्यवस्था राख्यौ तर लागु गर्न सकिएको छैन ।
जनता गरीबीको रेखामुनी छन् । जस्ले भरपेट खानकै निम्ती दैनिक संघर्ष गरीरहेका छन् । संविधानमा प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निशुल्क गर्ने र आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित नगर्ने सुनिश्चित गर्‍यौं तर व्यवहारमा अहिले पनि देशका बिकट क्षेत्रमा सुत्केरी व्यथाले छटपटाई रहँदा समयमै अस्पताल पुराउन नसक्दा आमा र बच्चाका अकालमै मृत्यु हुन्छ ।
गाउँघरको के कुरा राजधानीमै समस्या छ, कोभिडको बेला सास फेर्न नसकेर अपस्पताल लान खोज्दा अस्पतालमा बेड नपाएर अक्सिजन नपाएर कतिले अपस्पताल खोज्दा खोज्दै एम्बुलेन्समै ज्यान गुमाउनु पर्‍यो । कतिले घरको एकान्त वासम ज्यान गुमाउनु पर्‍यो । स्वास्थ्य प्रणाली अत्यन्त कमजोर मात्र होइन महंगो पनि छ । अहिले पनि विकट क्षेत्रमा रुघाखोकी लाग्दा समयमा सिटामोल नपाएर ज्यान गुमाउनु पर्ने पिडादायि अवस्था छ । देश बनाउने हो भने शिक्षा प्रणालीमा सुधार ल्याउनु पर्दछ । तर शिक्षाको हाल बेहाल छ । सार्वजनिक विद्यालयहरुले सोचे जस्तो परिणाम दिन सकेका छैनन् । निजी क्षेत्रबाट सञ्चालित विद्यालयहरु अत्यन्त महंगा छन् । एकजनाको कमाईले एउटा बच्चा मात्र पढाउन पनि नपुग्ने अवस्था छ । अति गरीब, गरीब मात्र होइन मध्य स्तरकै अभिभावकले आफ्ना सन्तानलाई चाहेको शिक्षा पढाउन नसक्ने अवस्था छ । देशभित्र आफ्नो भविष्य नदेखेर क्षमतावान युवाहरु युरोप,अमेरीका, अष्ट्रेलिया विद्यार्थीको रुपमा गएर उतै बस्ने स्वदेश नफर्कने भयावह अवस्था छ । त्यस्तै युवाहरु खाडी राष्ट्र गई आफ्नो युवा जीवनको रगत पसिना विदेशी भूमिमै रित्याउने बाध्य छन ।
देश तिनै युवाले विदेशमा रगत पसिना बगाएर आएको रेमिट्यान्सले चलाउनु पर्ने अवस्था छ, । यस्तो हो भने अबको २० वर्षपछि नेपाल बृद्ध अभिभावकको बृद्ध आश्रम जस्तै हुने छ ।
यो अवस्था कस्ले सुधार्ने ? यो सुधार्ने हामीले नै हो । त्यसैले देश बनाउने हो भने मुलुकको शिक्षा प्रणाली सुधार गर्नु पर्ने हुन्छ । प्रत्येक नागरीकले स्वास्थ्य सेवा पाउने व्यवस्था सृजना गर्नु पर्दछ । प्रत्येक वर्ष करीब ५ लाख रोजगारीका अवसर सृजना गर्नु पर्नेमा अहिले करीब एकलाख मात्र सृजना हुने गरेको छ, यस्मा सुधार गर्नु पर्ने छ । यीनै एजेण्डा सहित आफू चुनावमा जान चाहेको पनि उनले बताए ।

देश विग्रीयो भनेर नेता र पार्टीलाई गाली गरेर समस्या समाधान हुँदैन । नत फिल्म जस्तै कुनै हिरो वा तिलस्मी व्यक्ति आएर समस्या समाधान गरी दिन्छन् । हाम्रा देशका समस्या हामीले समाधान गर्ने हो, त्यही समाधान गर्ने खाका सहित म उम्मेदवार बन्न चाहेको थापाले बताए ।
मुलुकका सार्वजनिक संस्थाहरुको सुधार, भ्रष्टचारको अन्त्य र शुसासन जनताका दैनिक समस्याको समाधान , विकास र संमृद्धी, शुसासन, समावेशीताको सहिअर्थमा कार्यान्वयन जस्ता राष्ट्रिय एजेण्डाका साथै जिल्लाको सन्दर्भमा भएका विकासका पुर्वाधारहरुको सहि सदुपयोग गर्दै सबृद्धी तर्फ जनतालाई लैजाने र दिगो र योजनाबद्ध विकासलाई अगाडि बढाउन जरुरी रहेको उनी बताउछन । आजको नेपाल निर्माणमा महत्वपूर्ण योगदान गरेको जिल्ला हो सिन्धुली । यहाँको सिन्धुलीगढी, हरिहरपुरगढीको आफ्नै खालको महत्व छ । यसको विकास र संरक्षण महत्वपूर्ण पक्ष हो भने विपी राजमार्ग, मध्यपहाडी तथा मदनभण्डारी राजमार्गको सहि सदुपयोग गर्दै सबृद्धिमा नागरिकलाई जोड्नु पर्छ । भौगोलिक हिसाबले सिन्धुली पुर्व देखी पश्चिम सम्म भित्री मधेश, पहाड(महाभारत) र गढतिर छ । यस्का आफ्नै विशेषता र उत्पादन क्षमताहरु छन त्यसको पहिचान र प्रयोग जरुरी छ । जातीय तथा सास्कृति हिसाबले बहुजाती र बहुसास्कृतिकको संगम छ । यस्को संरक्षण र विकास जरुरी छ । आफुहरुसँग सिन्धुुलीको समग्र विकासको सन्दर्भमा योजना र इच्छाशक्ति भएकाले मतदाताहरुलाई ढुक्कसँग सुर्य चिन्हमा मतदान गर्न थापाले आग्रह गरे ।
मनोजजंग थापा भन्छन, म काममा विस्वास गर्ने व्यक्ति हुँ । अब सपना होइन परिणाम चाहिएको छ । उनी भन्छन यसको निम्ति नीति र नेतृत्व सही हुनु पर्दछ । चुनाव वा राजनीति जनताका अतृप्त सपनाको व्यापार गर्ने मेला होइन । यो त समाज रुपान्तरणको माध्यम हो । त्यसैले मलाई विस्वास छ, परिणाम राम्रो आउँछ किनकी जनताको हासो र आसुको मर्म मैले बुझेको छु । मलाई थाहा छ ,जनताको रगत र पसिनाको कुनै मुल्य हुँदैन, त्यो अमूल्य छ । त्यसैले जनताको बलिदानी रगत र पसिना बगाएर ल्याएको परीवर्तनका एजेण्डालाई अलपत्र पार्नु हुन्न तिनलाई स्थापित गर्नु पर्दछ । -पवन राउत