रिलिफले मनायो १४ औं वर्षगाँठ, अध्यक्षमा फेरी दुर्गाराज पौडेल चुनिए

सिन्धुली/ गैर सरकारी संस्था रिलिफ नेपालले आफ्नो स्थापनाको १४ औं वर्षगाँठ भव्यताका साथ मनाएको छ ।
आज सिन्धुलीमाढीमा आयोजित १४ औं वर्षगाँठ तथा ५औं अधिवेशनको जिल्ला समन्वय समिति सिन्धुलीका सभापति करर्सांङ लामाले उद्घाटन गर्नुभएको थियो । संस्थाका अध्यक्ष दुर्गा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नवज्योति बहिरा माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्रीहरु हस्तास्तरण गरिएको थियो । प्रमुख खतिथिी लामाले ड्यासबाट ओर्लिएर वालवालिका बसेकै ठाएँमा पुगी उनीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्नुभएको हो । कार्यक्रमलाई सम्वोधनगर्दै उहाँले रिलिफ नेपालले सिन्धुलीमा निकै महत्वपूर्ण काम गरेको र गैससका माध्यमबाट जिल्लाको विकासमा सहयोग गरिरहेको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो: जिल्ला समन्वय समिति सिन्धुली रिलिफनेपालसँग समन्वय र सहकार्य गरेर अगाडि वढ्न तयार रहेको बताउँदै जिल्लाको समग्र विकासका लागि अझ सक्रियता बढाउन सुझाब दिनुभयो ।

No description available.

कार्यक्रमा नेपाल रेडक्रस सोसाइटी सिन्धुलीका सभापति अशोक श्रेष्ठले रिलिफ नेपालले भुकम्प र कोभिड महामारीका बेला खेलेको भूमिकाको प्रशंसागर्दे जिल्लाको विकास र सामाजिक परिवर्तनका लागि अझ शशक्त कामहरु गर्न आवश्यक भएको बताउनुभयो । कार्यक्रममा उपाध्यक्ष डण्ड गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो ।
त्यसैगरी ५ औं अधिवेशनको बन्दसत्रले पुन: दुर्गाराज पौडेललाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ । त्यसैगरी उपाध्यक्षमा डण्ड गुरुङ, सचिव दिपा राजभण्डारी, सहसचिव सुस्मा आचार्य, कोषाध्यक्ष सविता ढकाल र सदस्यहरुमा होमवहादुर विक र प्रज्ञािश्री डल्लाकोटीलगायत छन् । कार्यक्रममा दातृ संस्थाका प्रतिनिधीहरुको पनि उपस्थिति रहेको थियो ।

No description available.
No photo description available.
नव निर्वाचित अध्यक्ष दुर्गाराज पौडल