मन्त्री चौधरीको दबाबमा निर्वाचन आचारसंहिता विपरित खानेपानी संस्थानमा आज ४६ जना कार्यकर्तालाई नियुक्ती गरिंदै

काठमाडौ/ नेपाल खानेपानी संस्थानका अध्यक्ष गुणाखर भुसालले खानेपानी मन्त्री उमाकान्त चौधरीको मिलेमतोमा निर्वाचन आचारसंहिता बिपरित कार्यकर्ताहरुभर्ती गर्न थालेका छन् ।
खानेपानी स्रोतले दिएको जानकारी अनुसार गएको चैत १ गते १ तहदेखी ३ तहसम्मका लागि ४६ जना कर्मचारीको दरखास्त आब्ह्वान गरिएको थियो ।
। सो सूचना प्रकाशनपछि ११ सय ५८ जनाले फारम भरेका थिए भने सो पदहरुको लिखित तथा मौखिक परिक्षामा पास हुने अघिकांश व्यक्तिहरु खानेपानी मन्त्री उमाकान्त चौधरीका आफन्त र नातागोता रहेको तथ्य खुलेको छ ।
एमाले लुम्बिनी प्रदेश कमिटी सदस्यसमेत रहेका केयुकेयलका अध्यक्ष मुसालले मन्त्री चौधरीसँगको मिलेमतोमा आफन्त र नातागोतालाई पनि निर्वाचन आचारसंहिता विपरित आज नियुक्त गर्न लागेको तथ्य बाहिर आएको हो ।
आफ्ना नातागोतालाई जागिर लगाउनका लागि ३ वटा परिक्षा केन्द्रमा मन्त्री चौधरीको निर्देशनलाई कार्यान्वयन गराउँदै अध्यक्ष भुसालले पास गर्नुपर्ने व्यक्तिहरुको लिस्टनैं पठाएका थिएभने परिक्षा समितिमा आफु अनुकुलका व्यक्तिहरु राखेको थाहा लागेको छ । लिखित तथा मौखिक परिक्षाको नाटक मञ्चन गरेर मन्त्री चौधरी र भुसालले निर्वाचनको मुखमा आफन्त र कार्यकर्ताहरु भर्ती गर्ने तयारी गरेपछि खानेपानी वोर्डभित्र खैलाबैला मच्चिएको छ । निर्वाचन आयोगले भदौं २० गते सूचना जारीगर्दै कर्मचारीको नियुक्ती, सरुवा र बढुवा जस्ता कामहरु तत्काल रोक्न सरकारका नाममा निर्देशन गरेको तथ्यलाई लत्याउँदै मन्त्री चौधरीले आफ्ना मान्छे भर्ना गर्नका लागि प्रक्रिया अगाडि बढाउन नमानेकी वोर्ड सदस्य एवम् पदपूर्ति समितिकी संयोजक निरु दर्लामी रहँदा रहँदै हिजो मन्त्रीका विश्वासपात्र खानेपानी मन्त्रालयका उपसचिव तिरेशकुमार खत्रीलाई पदपूर्ति समितिको संयोजक तोकेर आज बुधवार दिउँसो तीन बजे बस्ने बैठकले कर्मचारी नियुक्तीको थप प्रक्रिया अगाडि बढाउने तयारी गरिएको थाहा लागेको छ ।

No description available.
वोर्ड अध्यक्ष भुसाल

मंगलवारको वोर्ड बैठकमा कर्मचारी भर्नाको थप प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगको राय लिएपछि मात्रै गरौं भन्दै पदपूर्ति समितिकी संयोजक दर्लामीले राखेपछि वोर्ड अध्यक्ष भुसालले कुनै पनि हालतमा कर्मचारीहरुको भर्ना प्रक्रिया अगाडि बढाउनु पर्छ, निर्वाचन आयोगलाई सोध्न पर्दैन भन्दै जंगिएका थिए समाचार स्रोतले भन्यो । हामीले यस्तो गलत काम यस अगाडि कहिल्यै भएको देखेका थिएनौं, संस्थानका एक कर्मचारीले भने ।
आज नियुक्त गरिने कर्मचारीहरु
आशिष चौधरी
त्रिपुरेश्वर चौधरी
धर्मराज चौधरी
रामविश्वास चौधरी
प्रदीपकुमार रजक
राहुल चौधरी
संजय चौधरी
सुनिलकुमार थारु
गणेशवहादुर भण्डारी
रामप्रसाद हरिजन
मेघराज राना
अनिल विश्वकर्मा
गिता घिमिरे
मेनका चौधरी
सुमन थापा
मन्जु अधिकारी
अमलेन्द्रकुमार यादव
दिपक चौधरी
सुस्मा झा
अर्चना अधिकारी धामी
विवेक चौधरी
तिर्थ थापा
समिर लामा
जयनारायण महत्तो
सुवास ठकुरी
मोतिलाल पुन
लक्ष्मीनारयण गडेरी
बैजु चौधरी