समानुपातिक निर्वाचनमा भाग लिन एमालेको निवेदन दर्ता

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि समानुपातिक तर्फको निर्वाचनमा भाग लिन आज निर्वाचन आयोगमा निवेदन दर्ता गराएको छ।
यस अघि आयोगले समानुपातिक तर्फको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूलाई आयोगमा निवेदन दिन आह्वान गरेको थियो। एमालेले आज पहिलो दिन नै प्रतिनिधि सभा सदस्य र सातै प्रदेशमा समानुपातिक तर्फको प्रदेश सभा सदस्यको निर्वाचनमा भाग लिन आयोगमा छुट्टाछुट्टै निवेदन दर्ता गराएको छ।
दल दर्ताका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीको अख्तियारी प्राप्त गरी निर्वाचन विभागका सचिव केदार कोइरालाले आयोगमा निवेदन दर्ता गराउनु भएको थाहा लागेको छ ।