आगामी मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा स्थानीय तहकोजस्तो मतपत्र नहुने भएको छ । निर्वाचन आयोगले ४ थरीको मतपत्र छपाई गर्दा प्रतक्ष्यतर्फको निर्वाचनको मात्र मतपत्र परिवर्तन गर्न खोजेको हो ।
आयोगले अब प्रदेश र प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गतको निर्वाचनका लागि उम्मेदवारी दिएका दलको मात्र चुनाव चिन्ह रहने बताएको छ । समानुपातिक मतपत्रमा दर्ता भएका राजनीतिक दलहरू सबैको चुनाव चिन्ह रहने भए पनि प्रतक्ष्यतर्फमा भने उम्मेदवारी दिएका दल तथा स्वतन्त्रको मात्र चुनाव चिन्ह रहनेछ ।
स्थानीय निर्वाचनमा नेकपा(माओवादी केन्द्र) ले यस्तो माग गरेको थियो । तर, मतपत्र छपाई भइरसकेको जनाउँदै निर्वाचन आयोगले यस्तो व्यवस्था गरेन । अहिले घुमाउरो पाराले आयोगले प्रचण्डको सो माग सम्वोधन गर्ने भएको हो । उम्मेदवार नभए पनि राष्ट्रिय राजनीतिक दलका चुनाव चिन्ह मतपत्रमा राखिदाँ मतदाता झुक्किएर धेरै मतपत्र बदर भएको आयोगले बताएको छ ।











