निहारिका राजपुतको मागहरु तत्काल सम्बोधन गर्न मानव अधिकार प्रतिष्ठानको माग

काठमाडौ/राष्ट्रिय मानव अधिकार प्रतिष्ठानले आज एक सन्देश मार्फत निहारिका राजपुतले राख्नु भएका मागहरु तत्काल सम्बोधन गर्न सरकार समक्ष जोडदार माग गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष भवानीप्रसाद खरेलले एक सन्देश जारीगर्दै ‘कुमारी आमा’ का रूपमा परिचित निहारिका राजपूतले आज राष्ट्रपति भवन शीतल निवास अगाडि पुगेर आत्मदाह प्रयास गरेको घटनाले मानवअधिकार र न्यायको खिल्ली उडाएको बताउँदै उहाँले उठाएका मागहरु तत्काल सम्बोधन गर्न माग गर्नु भएको हो । प्रहरीले हस्तक्षेप गरेर आज उनलाई जोगायो, तर उनको जीवन रक्षा भने अझै सुनिश्चित भएको छैन, अध्यक्ष खरेलले अगाडि भन्नुभएको छ । हामी उहाँको जीवन रक्षाका लागि सरकारसँग अपील पनि गर्दछौं ।