सिन्धुलीमा गाइजात्रा प्रदेशखबर संवाददाता - २७ श्रावण २०७९, शुक्रबार ०९:१४ सिन्धुली/ नेवार समुदायले आज सिन्धुलीमा गाइजात्रा बनाएका छन् । सिन्धुलीमाढीमा नेवा समाज सम्बद्ध संघ संस्थाहरुले झाँकीसहितको र्याली निकालेका हुन् । अगुवाहरु राजकुमार श्रेष्ठ, विष्णु श्रेष्ठलगायतले विगत दुई सातादेखी र्यालीको तयारी गरेका थिए ।