योजना प्रक्रियामा युवा सहभागीता सम्बन्धि छलफल सम्पन्न

सिन्धुली/अन्तरास्ट्रिय युवा दिवसको अवसरमा आयोजित एक कार्यक्रममा स्थानिय तहको योजना प्रक्रियामा युवा सहभागीता सम्बन्धि व्यापक छलफल भएको छ । राष्ट्रिय युवा परिषद सिन्धुलीको आयोजनामा भएको कार्यक्रममा पालिकाहरुका युवा लक्षित कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर योजना तर्जुमा गर्न जोड दिइएको थियो ।
जिल्ला समन्वय समिति सिन्धुली प्रमुख कर्साङ लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपसभापति शान्ता कार्की, फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवार, गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकर बराल, मरिण गाउँपालिकाका अध्यक्ष प्रख्यात मोक्तान र दुधौली नगरपालिकाकाका प्रमुख दिनेश अधिकारीको सहभागिता रहको थियो ।
कार्यक्रममा विभिन्न गाउँ पालिकाका प्रमुख एवंम प्रतिनिधि,विभिन्न संघ सस्थाको प्रतिनिधि, पत्रकार, युवा, बिद्यायार्थी संगठनका प्रतिनिधि, युवा संजालका प्रतिनिधि, किशोरी संजालका प्रतिनिधिलगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
युवा नेता एवम् देवराज वाइबाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन हेम कार्कीले गरेका थिए । सो कार्यक्रमका लागि प्लान नेपाल, जेएसडिपी र रिलिफ नेपालले सहयोग गरेको थियो ।

May be an image of 15 people, people sitting, people standing and indoor
No description available.
No description available.
No description available.