नेकपा एमालेले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा चुनावी घोषणापत्र मस्यौदा कमिटी गठन गरेको छ । पार्टी मुख्यालय च्यासल, ललितपुरमा आज बसेको केन्द्रीय सचिवालय बैठकले आगामी निर्वाचनको निम्ति आठ सदस्यीय घोषणापत्र मस्यौदा समिति गठन गरेको छ ।
समितिमा उपाध्यक्षत्रय अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा “बादल” र विष्णु पौडेल,महासचिव शंकर पोखरेल,उपहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् ।
आजै एमालेले अध्यक्ष केपी ओलीको नेतृत्वमा चुनाव परिचालन कमिटी पनि गठन गरेको छ । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आगामी मंसिर ४ गते गर्ने भनिसकेको छ ।