नेपाली कांग्रेसका दई स्थानीय नेता बिनासर्त एमालेमा प्रवेश गरेका छन् । कमलामाई नगरपालिका वडा नंं १३ को निर्वाचन समिक्षा बैठकमा आज नेपाली कांग्रेसका स्थानीय नेता दुर्गावहादुर खड्का र स्थानीय कार्यकर्ता पूर्णवहादुर बिक बिना सर्त एमालेमा प्रवेश गरेका हुन् । नव प्रवेशीहरुलाई एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख सञ्जयकुमार दाहालले अविर र टिका लगाएर स्वागत गर्नुभएको थियो । निर्वाचन पछि एमालेको कमलामाई नगरकमिटीले प्रत्येक वडामा गत स्थानीय निर्वाचनको समिक्षागर्दै आउँदो संसदीय निर्वाचनको सन्दर्भमा छलफल गर्न थालेको थाहा लागेको छ ।
कार्यक्रमलाई प्रमुख अतिथीका रुपमा सम्बोधनगर्दे आपसी मतमतान्तरलाई बिर्सेर पार्टीलाई सदृढ र एकतावद्ध बनाएर अगाडि बढ्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । उहाँले अगाडि भन्नुभयो: आउँदो संघ तथा प्रदेशको निर्वाचनमा एकमना एकताका साथ पार्टीका उम्मेदवारलाई जिताउन सबै एकजुट भएर अगाडि बढ्न नसके जनविरोधीहरुले टाउको उठाउने बताउनुभयो ।













