नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदनलाई अस्वीकार गर्नुभएको छ । प्रतिवेदन यथार्थभन्दा बाहिर रहेकोले नमान्ने अध्यक्ष ओलीले बताउनुभयो ।
आज राष्ट्रिय युवा संघले गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले बहुमत र अल्पमतको आधारमा प्रतिवेदन ल्याइएकाले संसदीय समितिको प्रतिवेदन मान्न नसकिने बताउनु भयो ।
बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशबारे छानबिन गर्न गठित ११ सदस्यीय संसदीय टोलीमा एमालेका ४ जना र बाँकी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदहरु थिए । -फोटोहरु: पुष्प श्रेष्ठको फेसवुकवालबाट














