‘नेपालीमा कर्णप्रिय उखानहरु छन्, उल्फाको धन फुपुको श्राद्ध । मामाकी घोडी मेरी ही ही’ भनेझैँ नेपालका केन्द्रदेखि पालिका तहसम्मका केही खोटे, छोटे र मोटे राजाहरू घरघरमा सिंहदरबार पुु¥याएर ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई अझै हराभारा बनाउन दिन रात युुद्धस्तरमा खटेको खट्यै छन् । नेपालीमा अर्को उखान पनि निकै चर्चामा रहन्छः ‘जाँगर न साँगर खाने बेलामा आँ गर’ भन्ने उखानको मर्मै बुझेर त होला संघीय लोकतान्त्रिक गणतन्त्रको मन्त्र जपेझैँ गरेर विगत पाँच वर्षयता संघीय राजधानी काठमाडौंको न्यास्रो मेटाउनै भएपनि सिन्धुलीका पालिकाहरूमा भ्युटावर, शहिदगेट र शहिद स्तम्भ बनाउने फेसनको बहार निकै चम्केको छ भने केन्द्र, प्रदेश र स्थानीय तहमा सालिक निर्माण पनि उत्तिकै घनीभूत भएर मौलायो ।
स्वयं प्रकृतिले बनाइदिएको भ्युटावर बुट्यान, रूखबिरूवाका सघन प्राकृतिक सुरम्यताको सजिसजाउमा जुट्नुपर्ने स्थानीय सरकारहरु जंगल फाँडेर ध्वंस मच्चाउँदै डाँडाँ डाँडामा डोजर र स्काभेटर चलाउँदा मनोरम पडाडहरु बुढाबुढीको दाँत र आँत हल्लिएझैँ भएकाछन् । त्यसको परिणाम स्वरुप बर्षा हुने वित्तिकै लाग्ने पहिरो र भूूक्षयले डाँडाकाँडा रूपहीन भएर ‘भ्युटावर, शहिद गेट र सालिकको वन, नेपालको धन’ भन्ने नयाँ उखान चल्तीमा ल्याएको छ । विगतमा सम्पन्न तीनै तहको निर्वाचनपछि बनेका सिंहदरवार रूपका ठेकेदार र कमिसनखोरमार्फत पूूर्वाधार निर्माणको डङका पिटेर लंका हाँकिरहेको बामपन्थी नेता एकलाल श्रेष्ठको बुझाई छ ।
अझ कम गुणस्तरका रड, सिमेन्ट, बालुवा, इटा र गिट्टीको मात्रा नमिलाई मिसाएर कमाउ धन्दाको जात्रा बाक्लै तरिकाले चलिरहेको घटना कमलामाई नगरपालिका वडा नंं. ५ च्याउँकोटमा बाग्मती प्रदेश सरकारको ३ करोडको लगानीमा निर्माण सम्पन्न भएको भनिएको भ्यूटावरले पुष्टि गर्दछ । सो भ्यूटावरमा गुणस्तरहिन निर्माण सामाग्री प्रयोग गरिएपछि तत्कालिन नगरप्रमुख खड्गवहादुर खत्रीले ठेकेदार पक्षमा प्रयोग गरिएको इटा निकाल्न लगाएका थिए ।
कतै पालिकाहरूका नदी र खोला किनारमा माछापालन, स्वयं बनेका प्राकृतिक क्षेत्रलाई पार्क बनाउने नाममा बजेटको ब्रम्हलुट, कतै बाटो बनाउने नाममा वन फँडानी गरेर बन बिनास र नाम मात्रका दृश्यावलोकन स्तम्भ, वीरता न, पौरखका मनुवाका सालिक ठड्याएर लाखौं, करोडौं र अर्बौं विदेशी अनुदान र ऋणको सेटिङमा हाम्रो सिंहदरवार चलिरहेको छ । पर्यटकीय विकासको हौवा पिटाएर प्राकृतिक श्रोत, सम्पदा र संस्कृतिको विनाशले सिन्धुलीवासीलाई कता लगेर सिध्याउँछ, त्यसको कुनै ठेगान छैन भन्छन्ः सामाजिक चिन्तक टोमप्रसाद काफ्ले ।
विगत स्थानीय चुनावमा आफ्नो पक्षमा मत तान्न छोटे राजा रजौटाहरूले पूर्णरूपमा निर्मित नभइसकेका अर्धनिर्मित र फिनिसिङ नभइसकेका टावर तथा सालिकलाई उद्घाटन, अनावरण, शिलान्यासका कार्यक्रमहरु सम्पन्न गरे । ‘भोक, रोग र शोकले अर्धचेत नागरिकमा उत्पादनमूूलक कामको उपहार दिनुको साटो अनुत्पादनमूलक कंक्रिटे स्तम्भ र सालिक बनिरहेका छन् जसले स्थानीय सरकारको आलोचना गराइरहेको छ ।’ बामपन्थी विश्लेषक नबराज थिङको बुझाई छ ।
बाग्मती प्रदेशसभा सदस्य बिनोद खड्का भन्छन्ः संघीयताको अभ्यास गरेसँगै पर्यटन पूर्वाधार विकासका नाममा सबैतिर भ्यूटावर, शहिद पार्क र शालिकहरु बनाउने लहरनैं चल्यो, हामी पनि राम्रै होला ती संरचना बनाउने तर्फ लाग्यौ, तर अहिले हामीले बिगतमा बनाएका कंक्रिटका संरचनाको उपलव्धी वारे गंभीर समिक्षा गर्ने अबस्थामा आएको छ । अब हामीले कंक्रिटे विकास होइन, जनताको आर्थिक अबस्था माथि उठाउने र उत्पादन प्रणालीको विकास गर्ने योजना चाहिएको छ, हामी सबैले जनताको मन जित्नेगरी काम गर्नुपर्छ ।
निकै प्रचलित उखान कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेझैं स्थानीय सिंहदरवारको यात्रा कुहिरोको काग बनिरहेको छ । स्थानीय सरकारका काम कारबाही र विकास निर्माणका कामहरु आफ्ना कार्यकर्ता पोस्ने र आफ्नो कमाउधन्दा मौलाउने भन्दा फरक छैन । तर यसो भन्दैमा सिन्धुलीका सबै स्थानीय सरकार प्रमुख असक्षम हुन् भन्न खोजेको होइन । केही यस्ता अब्बल जनप्रतिनिधी चुनिएका छन्, उनीहरुसँग स्काभेटर, डोजर र ट्याक्टर छैन । उनीहरुसँग ठेक्का पट्टाको लाइसेन्स छैन र राजनीतिलाई पेशा व्यवसाय बनाउनु छैन, छ त केबल आफ्नो ५ वर्षे कार्यकाल जनमुखी र अब्बल बनाउनु छ । त्यसैले स्थानीय सरकार सञ्चालनको यो ५ वर्षे कार्यकालमा भ्यूटावर, शालिक र मालिक होइन, जनताको सेवक बन्न जरुरी छ ।– यो समाचार आजको सन्देश जनप्रिय साप्ताहिकमा प्रमुखताका साथ छापिएको छ ।