पदाधिकारी चयन थाती राखेर सकियो माओवादीको केन्द्रीय समिति बैठक

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सकिएको छ। बिहीबार पार्टीको स्थायी कमिटी र पोलिटब्युरो गठन गरी केन्द्रीय कमिटी बैठक समापन गरिएको हो। 

काठमाडौंको प्रज्ञा भवनमा आइतबारदेखि सुरु भएको बैठक सोमबारपछि मंगलबार र बुधबार स्थगित हुँदै आज बसेको थियो। मंगलबार पोलिटव्युरो र स्थायी कमिटी चयनका लागि पार्टीभित्र आन्तरिक छलफल गर्नुपर्ने भएकाले मंगलबार बैठक स्थगित गरिएको थियो।  जनार्दन शर्माले संसदमा बोल्न लाग्दा एमालेले विरोध गर्ने भएपछि शीर्ष नेताहरु एमालेसँग सहमति जुटाउनका लाग्नुपर्दा बुधबार बस्ने भनिएको बैठक पनि स्थगित भएको थियो।

बैठकमा आइतबार प्रचण्डले संक्षिप्त राजनीतिक प्रतिवेदन पेस गरेका थिए। प्रचण्डको प्रतिवेदनमाथि आइतबार र सोमबार केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेका थिए। बैठकका लागि तय भएका एजेन्डामध्य पदाधिकारी चयनको विषयलाई भने थाती राखिएको छ। बिहीबार ४१ सदस्यीय स्थायी कमिटी र १५६ सदस्यीय पोलिटब्युरो गठन गरेपछि बैठक समापन भएको घोषणा गरिएको हो। 

पदाधिकारी चयनमा होमवोर्क नपुगेको भन्दै अध्यक्ष प्रचण्डले केन्द्रीय सदस्यहरुसँग केही दिनको समय मागेका छन्।  उनले २/४ दिनमै पदाधिकारी चयन हुने बताएका छन्। पार्टीको आन्तरिक छलफलमा प्रचण्डले सहमति गरेरै पदाधिकारी चयन गर्ने प्रस्ताव राख्दै आएका छन्। यसबीचमा स्थायी कमिटी, पोलिटब्युरो र पदाधिकारी चयन गर्ने सम्बन्धमा पटकपटक पार्टीको पूर्व स्थायी कमिटी सदस्यहरुको बेठक समेत बसेको थियो। 

आन्तरिक छलफलबाट प्रचण्डलाई नै पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो चयनको जिम्मा दिएको थियो। सोही अनुसार प्रचण्डले बिहीबारको बैठकमा १२५ जना पोलिटब्युरो सदस्यको नाम वाचन गरेर सुनाएका थिए। तर, बैठकमा उपस्थित केन्द्रीय सदस्यहरुले मापदण्डबारे प्रश्न गर्दै विरोध जनाएपछि प्रचण्डले ३१ जनालाई बैकल्पिक पोलिटब्युरो सदस्यका रुपमा थप गर्दै १५६ सदस्यीय पोलिटब्युरो गठन गरेका थिए। स्थायी कमिटीमा भने त्यति धेरै असन्तुष्टि उत्पन्न नभएको बताइएको छ। 

बैठकले छिट्टै विशेष महाधिवेशन गर्ने निर्णय समेत गरेको छ। बैठकमा प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदन पनि पारित भएको छ।

स्थायी कमिटीमा को–को छन् ? 

माओवादीले पार्टीको विधानअनुसार ४१ जनाको स्थायी कमिटी गठन गरेको छ। स्थायी कमिटीमा रहनेमा पुष्पकमल दाहाल प्रचण्ड,  नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गणेश शाह, गिरिराजमणि पोखरेल, चक्रपाणि खनाल, जनार्दन शर्मा, देव गुरुङ, देवेन्द्र पौडेल,  पम्फा भुसाल, वर्षमान पुन, मात्रिका यादव, लीलामणि पोखरेल, शक्तिबहादुर बस्नेत, हरिबोल गजुरेलसहित केन्द्रीय कार्यालय सचिव, पार्टी मातहतका आयोगका अध्यक्षलगायत रहेका छन्।

यी हुन् पोलिटब्युरो सदस्य

पोलिटब्युरोमा प्रचण्डसहित नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, शक्ति बस्नेत, जनार्दन शर्मा, चक्रपाणि खनाल, पम्फा भुसाल, हितमान शाक्य, कुलप्रसाद केसी, मातृका यादव, जयपुरी घर्ती, लीलामणि पोख्रेल, दिनानाथ शर्मा,  हितराज पाण्डे, विश्वनाथ साह, डिलाराम आचार्य, सन्तु दराई, गणेशमान पुन, हितबहादुर तामाङ, जगप्रसाद शर्मा अपार रहेका छन्। 

यस्तै शशी श्रेष्ठ, सोना सुवेदी,जयपुरी घर्ती, ओनसरी घर्ती, यशोदा सुवेदी, अमृता थापा, झक्कु सुवेदी,कमला रोका, नारायण दाहाल, प्रह्लाद बुढाथोकी, महेश्वर गहतराज, परशुराम तामाङ, रामेश्वर राय, उर्मिला अर्याल,सत्या पहाडी, गणेशमान पुन, सावित्रि काफ्ले, सूर्य सुवेदी, सुनिल मानन्धर, सन्तकुमार चौधरी, नेपबहादुर चौधरी,परशुराम रम्तेल, दलजीत श्रीपाइली,कुलप्रसाद केसी, जोखबहादुर महरा, हितबहादुर तमाङ, हरि अधिकारी, जगप्रसाद शर्मा ९अपार०, मायाप्रसाद शर्मा, कालीबहादुर मल्ल, सीता खकुरेल, नारायणी शर्मा, हकिकुल्ला खाँ, महेश्वर पासवान, महेन्द्रबहादुर शाही, नरेश भण्डारी, राजुकमार, सुरेश आलेमगर, टेकबहादुर बस्नेत रहेका छन्। 


यस्तै डोरप्रसाद उपाध्याय,भरत साह, श्रवण यादव, वलावती शर्मा, गंगा कार्की, शुक्रविक्रम मल्ल, टेकबहादुर बस्नेत, राजु खड्का, भरत साह, शिवकुमार मण्डल, श्रवण यादव, रामकुमार यादव, गोपाल शर्मा,मुक्ति प्रधान,महेश्वर दाहाल, दिलिप प्रजापति, इन्द्र आङ्वो, लक्ष्मण पन्त, माधव बास्कोटा, लेखनाथ न्यौपाने, गोपाल ठाकुर, फगत यादव,अजम्बर काङमाङ, रामहरी कार्की, युवराज दुलाल, दिपेन्द्र पुन, तेजबहादुर ओली, कृष्णप्रसाद सापकोटा, केशव नेपाल, भक्तिप्रसाद माझी, ईश्वरीप्रसाद भट्टराई, प्रकाशहरि पोखरेल, दुर्गाजयन्ती राई, जीतबहादुर योङयाङ, भच्याङ यादव, वोधमाया यादव, रामकुमारी चौधरी, सुरेन्द्रप्रसाद जयसवाल, रेनु चन्द, देवी खड्का, बिमला सुवेदी, समिता कार्की, अमर टण्डन, रुपा चौधरी, सूर्यमान दोङ, सुदन किराती, राजकुमार पासवान, विन्दमाया विष्ट रहेका छन्। 

छत्रबहादुर श्रेष्ठ, सुकबहादुर रोका, रामदीप आचार्य,महेन्द्र ब। शाही, तारामान चमार, शरदसिंह भण्डारी, तिलकराम शर्मा (हिमाल), कृष्ण धिताल, शालिकराम जमरकट्टेल, त्रिलोचन भट्ट, कुमार चौधरी, इन्द्रबहादुर श्रेष्ठ, देवराज रेग्मी, गजेन्द्र महत, बसन्तकुमार कुसद, हेमराज भण्डारी, चुडामणी खड्का,अशोक मण्डल, उमेश यादव, हरिनारायण चौधरी, जयशंकर नायक, वीरमान चौधरी,झलक दर्लामी, कपिल लामा, तपेश्वर चौधरी, धर्मशिला चापागाई,इन्द्रजीत थारु, राजकाजी गुरुङ, वामदेव क्षेत्री,नरेन्द्र कुँवर, वीना मगर, नरेश भण्डारी, युवराज भट्टराई, निर्मल आचार्य, महेन्द्र केसी, देवेन्द्र पराजुली, रेनु दाहाल, कालिबहादुर मल्ल, कृष्ण केसि, हिमाल शर्मा, रमेश मल्ल, ताराकुमारी घर्ति, राजन दाहाल,लोकेन्द्र लम्साल,पदम राई, दामा शर्मा,वलावती शर्मा, कल्पना धमला,महेन्द्र पासवान, लक्ष्मण जोशी,कुमारी मोक्तान, गोपी अछामी, धनबहादुर माक्थिम, ज्ञानु बस्नेत, अमर तमु, श्रवण खड्का जीवन, हरिकुमार अखण्ड, कुमार पौडेल, श्याम श्रेष्ठ पनि पोलिटब्युरोमा समेटिएका छन्।