एमाले नेताहरू सवार गाडी सिन्धुलीको चन्दनपुरमा दुर्घटनाहुँदा ४ जना घाइते, सिन्धुली अस्पतालमा उपचार हुँदै

नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेताहरू सवार गाडी सिन्धुलीको चन्दनपुरमा दुघंटनाहुँदा ४ जना घाइते हुनुभएको छ । घाइते नेताहरुको सिन्धुली अस्पतालमा उपचार भई रहेको छ ।
पूर्व पर्यटन मन्त्री कृपाश्वर शेर्पा, एमाले पोलिटव्युरो सदस्य गोकुल घर्ती, आदिवासी जनताजी महासंघ महासचिव पेम्बा गुरुङ र आदिवासी जनजाति उपमहासचिव देवराज राईको सिन्धुली अस्पतालमा उपचार भई रहेको छ ।
एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ प्रदेश नम्बर १ को विस्तारित बैठकमा सहभागिताका लागि धनकुटा जाने क्रममा मदन भण्डारी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका १४ चन्दनपुरमा उहाँहरू सवार गाडी दुर्घटनामा परेको थियो । दुर्घटनामा पूर्व पर्यटन मन्त्री कृपाश्ववर शेर्पा सामान्य रहनु भएको छ ।

घाइतेहरुलाई भेट्न एमाले सिन्धुलीका अध्यक्ष रामकुमार कार्की, बरिष्ठ नेता केशव देवकोटा, वाग्मती प्रदेश कमिटी सदस्य खड्गवहादुर खत्री, जिल्ला सचिव नारायण बराल, प्रेस चौतारीका केन्द्रीय नेताहरु तथा एमालेका कार्यकर्ताहरु सिन्धुली अस्पताल पुग्नु भएको थियो ।

May be an image of 13 people, people standing and outdoors
May be an image of 3 people, people sitting and indoor
May be an image of 6 people, people standing, tree and outdoors
दुर्घटनामा परेका पूर्वमन्त्रीसहित चार जनाको जिल्ला अस्पतालमा उपचार हुँदै