सिन्धुली/सन्देश जनप्रिय साप्ताहिक एवम् प्रदेशखवर डटकमका लेखक राजेश बस्नेतलाई मातृ शोक परेको छ । आइतवार विहान सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ६ स्थित आफ्नै निवासमा ८३ वर्षीया माता कामतादेवी बस्नेतको ह्दयघातका कारणले निधन भएको परिवारका सदस्यले जानकारी दिनुभएको छ । स्वर्गीय बस्नेतका ३ छोरा हुनुहुन्छ । उहाँको आज बैद्धिक परम्परा अनुसार सिन्धुलीको गड्यौली घाटमा अन्त्येष्टि गरिएको छ । उहाँलाई अन्तिम श्रद्धाञ्जली अर्पणगर्न विभिन्न राजनैतिक दलका नेताहरु, जनप्रतिनिधी, पत्रकार एवम् व्पवासायीहरु आर्यघाटमा पुग्नुभएको थियो । दुखको यस घडीमा हामी स्वर्गीय बस्तेतप्रति हार्दिक श्रद्धाञ्जली अर्पणगर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं ।










