तिनपाटन एमालेले भन्योः पराजित मानसिकताले कांग्रेस कार्यकर्ताहरुले एमालेको प्रचार सामाग्रीहरु च्यात्यो

नेपाल कम्युनिष्ट पार्टी (एमाले) तीनपाटन पालिका कमिटीले नेपाली कांगेसका कार्यकर्ताहरुले आफ्नो निर्वाचन प्रचार सामाग्री च्यातेको आरोप लगाएको छ ।

एमाले तिनपाठन प्रचार विभाग प्रमुख बरुण घिमिरेले नेपाली कांग्रेसका कार्यकर्ताहरुले निर्वाचनमा पराजय हुने त्रासमा एमालेको निर्वाचन प्रचार सामाग्रीहरु च्यात्ने र छोपेर आफ्नो प्रचार सामाग्रीहरु टाँस्ने कामहरु गरेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराउनु भएको छ । निर्वाचन आचारसंहिता बिपरित कांग्रेस कार्यकर्ताहरुले तिनपाटका बिभिन्न स्थानमा च्यातिएका र र छोपिएका पोष्टहरु सार्बजनिकगर्दै तत्कालै त्यस प्रकारका गतिविधी नरोके इटाको जवाफ पत्थरले दिन एमाले तयार रहेको चेतावनी दिनुएको छ ।
तिनपाटन गाउँपालिकामा एमालेको अध्यक्ष र उपाध्यक्षसहितका उम्मेदवारहरुको पक्षमा जनलहर देखिएपछि नेपाली कांग्रेसका कार्यकर्ताहरुले लगातार एमालेको उम्मेदवारका प्रचार सामाग्री त्यात्ने र छोप्ने कामलाई बढाइरहेको लाम्पनटार बहुमुखी क्यापसका एक प्राध्यापकले सन्देश जनप्रियलाई बताए ।