मरिणको वडा नं. सातको र्यालीले दियो गाउँपालिकामा एमाले विजयी हुने सन्देश

मरिण गाउँपालिका वडा नंं ७ मा अहिलेसम्मकै सबैभन्दा ठूलो र्याली निस्किएको छ । नेकपा एमाले वडा नं. ७ कमिटीद्धारा आयोजित चुनाबी र्यालीमा अहिलेसम्मकै सबै भन्दा बढी जनसहभागिता रहेको देखिएको छ । आउँदो बैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनमा एमालेका तर्फबाट पालिका अध्यक्ष गोविन्दलाल माझी र वडाध्यक्ष शिवजीवहादुर माझीलाई विजयी गराउन अपीलगर्दै एमाले कार्यकर्ता देखी सर्वसधारण नागरिकहरु सडकमा निस्किएका थिए ।

एमालेको आजको जनप्रदर्शनले मरिण गाउँपालिकामा सूर्यध्वजा फहराउने निश्चित भएको स्थानीय बुद्धिजिवीहरुले टिप्पणी गर्न थालेकाछन् ।

No description available.
No description available.

बासु मैनाली मरिण