गठबन्धनरत दलहरुले महिलाको अधिकारलाई कुष्ठित गरेको कारण आफुले कमलामाई नगरपालिकाको उपमेयर पदमा उम्मेदवारी दिएको कुमारी मिश्रा खड्काले बताउनु भएको छ । सन्देश जनप्रिय साप्ताहिकसँगको कुराकानीका क्रममा उम्मेदवार खड्काले गबन्धनका नाममा नेपाली कांग्रेस पार्टीले महिलाको समान सहभागिता र समावेशिता सम्बन्धी नीतिमाथि कुठाराधात गरेकाले त्यसका विरुद्ध उपमेयर पदमा उम्मेदवारी दिएको खुलासा गर्नुभएको हो । उहाँले महिलालाई स्थानीय निर्वाचनमा उम्मेदवार नगराई गठबन्धनका नाममा राज्यले अनिवार्य गरेको ३३ प्रतिशतको मान्यताको बर्खिलाप गरेकाले नगरक्षेत्रका सम्पूर्ण महिलाको मत आफ्नो पक्षमा रहेको उल्लेख गर्नुभयो ।
सिन्धुलीका गठबनधनरत दलहरु महिला मैत्री बन्नै सकेनन र ती दलहरुमा रहेका महिला साथीहरु नेतृत्वको गलत काम कारबाहीका बिरुद्ध खुलेर प्रतिवाद गर्न नसक्दा अहिले आन्दोलनबाट प्राप्त भएका महिला अधिकार र सहभागिताको मुद्धहरुनैं संकटमा परेको बताउनुभयो । म महिला अधिकारको पक्षमा निरन्तर लागिरहेको छु, त्यसैले गठबन्धन दलका उम्मेदवारलाई होइन, बिपी कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी मलाई कलश चिन्हमा मतदान गर्नुहुनेछ, खड्काले अगाडि भन्नुभयो । गठबन्धन दलहरु महिला विरोधीमात्रै होइन, कलामाई नगरपालिकाको समग्र विकासको बाधक पनि भएकाले म आम मतदातालाई बिवेक प्रयोग गर्न पनि आब्ह्वान गर्नुभएको थियो । –पवन राउत