शिक्षकबाट राजीनामा नदिई गठबन्धनका तर्फबाट उपमेयरमा उम्मेदवारी !

देशैभरमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका उम्मेदवारहरु संकटमा पर्न थालेका छन् । जाजरकोटबाट प्राप्त विवरण अनुसार जाजरकोटको नलगाड नगरपालिकाको उपमेयरको टिकट पाएर मनोनयन दर्ता गरेका गठबन्धन तर्फमा उम्मेदवार तेजबहादुर खत्रीले शिक्षकबाट राजीनामा नदिएको खुलेको छ। स्थानीय तहको चुनावमा उम्मेदवार हुन बहालवाला जनप्रतिनिधिसँगै निजामती कर्मचारी र शिक्षकहरूले पनि राजीनामा दिनुपर्ने कानुनी व्यवस्था छ । तर शिक्षक खत्रीले राजीनामा नदिएरै उपमेयरमा उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ । उनी बिरुद्ध उजुरी दर्ता भएको थियो ।
खत्रीले १२ वैशाखमा शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयमा राजीनामा पत्र लगेका थिए । तर श्रीमतीको सनाखत नभएका कारण तुरुन्तै सनाखत गरेर ल्याउन आग्रह गरे पनि अहिलेसम्म सम्पर्कमा नआएको निर्वाचन कार्यालयले जनाएको छ । उनल आज सनाखत गराएपनि निर्वाचन काून अनुसार उनको उम्मेदवारी रद्दहुनेछ ।