तीनपाटन गाउँपालिका अध्यक्षका उम्मेदवार थापाद्धारा ठेकेदार भएको स्वीकार, बेरुजु रकम तिरेको खुलासा

तीनपाटन गाउँपालिकामा नेपाली कांग्रेस तर्फबाट अध्यक्षका उम्मेदवार बनेका कर्णवहादुर थापाले आफु निर्माण कम्पनीको प्रोपाइटर रहेको खुलासा गर्नुभएको छ । नेकपा एमालेका तर्फबाट अध्यक्ष पदका उम्मेदवार छत्रवहादुर दाहालले अध्यक्षका उम्मेदवार थापाको नाममा थापा कन्ट्रक्सन रहेको र उक्त कार्य निर्वाचन कानून अनुसार दोषी मानिएको भन्दै उम्मेदवारी बदरको माग दावी गर्नुभएको थियो । सोही उजुरीका आधारमा प्रदेशखबरले समाचार प्रकाशन गरेको थियो । समाचार प्रकाशनपछि अध्यक्ष थापा मगरले सामाजिक सञ्जालमा आफ्नो निर्माण कम्पनीले पालिकामा ढुंगा गिट्टी संकलन वापतको काम गर्दा तिर्न बाँकी बेरुजु रकम ९लाखा ४५ हजार ५ सय पैसठ्टी बुझाइसकेको बताउनु भएको छ । उहाँले सामाजिक सञ्जालमा आफु निर्माण कम्पनीको प्रोपाइटर भएको स्वीकार गर्नुभएको छ । उहाँ निर्माण कम्पनीका प्रोपाइटर रहेको बिबरण फेला परेको छ ।

निर्वाचन कानून भन्छः पालिका प्रमुखमा उम्मेदवार भएका व्यक्तिको प्रोपाइटरशिप भएको निर्माण कम्पनीका तर्फबाट आफ्नै पालिकामा काम गरेको व्यक्ति उम्मेदवार बन्न नसक्ने उल्लेख गरेको छ । जवकी उम्मेदवार बनेका थापाले आफ्नो नाममा ठेकेदार कम्पनी छैन भनेर बताउन सकेका छैनन् ।
तयस सम्बन्धी समाचार प्रकाशन भएपछि उहाँले सामाजिक सञ्जालमा यसरी लेख्नुभएको छः मेरो उम्मेदवारी विरुद्ध दावी विरोध परेको मलाई निर्वाचन अधिकृतको कार्यलयले जानकारी गराएको छ । मैले मेरो नाममा रहेको ुथापा कन्स्ट्रक्सन सर्भिसु को सम्पूर्ण बेरुजु रकम र कर चुक्ता गरि महालेखा परीक्षक कार्यलयलाई बोधार्थ रहेको तीनपाटन गाउँपालिकाबाट राजस्व दाखिला गरेको पत्र मिति २०७९र०१र११ गते प्राप्त गरिसकेको छु । मैले आफ्नो उम्मेदवारीलाई कुनै पनि कानुनी समस्या नपर्ने गरि उम्मेदवारी दर्ता गराएको तर गठबन्धनको शक्तिबाट आत्तिएर हाम्रो प्रतिस्पर्धीले ुहार्ने कमजोर मानसिकताु ले अनेक प्रपोगाण्डा गरिरहेका छन् । मेरो विरुद्धको दावी विरोध पराजयको छटपटाहट मात्र हो । सम्पूर्ण तीनपाटनबासी र शुभेच्छुकमा भ्रममा नपर्न आग्रह गर्दै आगामी वैशाख ३० गतेको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई उत्साहका साथ विजयी गराउन हार्दिक अनुरोध गर्दछु ।
कर्ण बहादुर मगर
अध्यक्ष पदको उम्मेदवार
तीनपाटन गाउँपालिका

No description available.

यो पनि समाचारः सिन्धुलीमा गठबन्धनका अध्यक्ष उम्मेदवारनैं ठेक्दार पुष्टि भएपछि उजुरी दर्ता

माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धनबाट तीनपाटन गाउँपालिमा अध्यक्ष पदको उम्मेदवार बन्नु भएका कर्णबहादुर थापा वि?द्ध मंगलबार निर्वाचन आयोगमा उजुरी दर्ता भएकोछ । उम्मेदवार थापा कन्ट्रक्सन सर्भिसको प्रोपाइटर रहेको पाईएपछि उजुरी परेको निर्वाचन अधिकृतको कार्यालय तीनपाटनले प्रदेशखबरलाई जानकारी दिएको छ ।
उहाँको उम्मेदवारीको खारेजिको मागगर्दै अध्यक्षका प्रत्यासि छत्रबहादुर दाहालले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराउनु भएको थियो ।
थापा २०७४ सालमा नेपाली कांग्रेसबाट निर्वाचित पालिका अध्यक्ष हुन् । आफु पदमा बाहल हुँदा आफैले आफैलाई ठेक्का स्वीकृत गराई गाउँपालिकामा निर्माणाधिन प्रशासकीय भवनको काम गरि रहेको पाइएको भन्दै दाहालले उजुरी दर्ता गराउनु भएको हो ।
थापा प्रोपाइटर भएको खाता राष्ट्रिय बाणिज्य बैंक सिन्धुली, प्राइम बैंक सिन्धुली शाखा र बैंक आफ काठमाडौं चकमके शाखामा सञ्चालन गरि हाल पनि कारोबार गरि रहेको पाइएको भन्दै उजुरी दर्ता भएको हो ।
आयोगले जारी गरेको निर्देशिका अनुसार ठेक्कापट्टा वा चल अचल सम्पती सम्बन्धि व्यवहारमा संलग्न व्यक्ति उम्मेदवार बन्न नपाउने उल्लेख गरिएको छ । ‘कुनै स्थानीय तहको ठेक्कापट्टा वा चल अचल सम्पत्ति सम्बन्धी व्यवहारमा संलग्न नरहेको’ हुनुपर्ने निर्देशिकामा भनिएको छ । थापा सम्बन्धित गाउँपालिकाको उम्मेदवार भएर सम्बन्धित पालिकामा नैं ठेक्का पट्टा गर्दै आएका छन् । उनको ठेक्काको जिम्मा आफ्नै सहोदर भाइले लिइरहेका छन् ।