निर्वाचन आचारसंहिताको उलंघन बढ्यो, मुख्य निर्वाचन अधिकृतको कार्यालय बेखबर !

सिन्धुली: निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितालाई धोती लगाउँदै सत्तारुढ गठबन्धनरत दल माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धनले उम्मेदवारी दर्तागर्न जाँदा ठूलो मास देखाउने नाममा वालवालिकाको अत्याधिक प्रयोग गरेकाछन् ।
उम्मेदवारी दर्ता गराउन जाने क्रममा निकालिएको ¥यालीमा सिन्धुलीको मरिण गाउँपालिकामा नेकपा माओवादी केन्द्रले बालबालिकाको प्रयोग गरेको फोटोहरु अहिले सामाजिक सञ्जालमा छ्याप्छ्प्ती देखिएको छ ।
माओवादी केन्द्रले मरिण गाउँपालिकामा अध्यक्ष पदमा विमर्श मुक्तान (प्रख्यात) को नेतृत्वमा उम्मेदवारी दर्ता गराउन जानेक्रममा निकालेको ¥यालीमा बालबालिका प्रयोग गरिएको देखिएको छ ।
निर्वाचन आयोगले राजनीतिक गतिविधिमा बालबालिका प्रयोग गर्न नपाइने भए पनि दर्जनौं बालबालिकालाई पार्टीको झण्डा बोकाएर जुलुसमा सहभागी गराइएको हो ।
उम्मेदवारी दर्ता गर्न जाँदा संख्या कम देखिए जनतामा नकारात्मक सन्देश जाने डरले माओवादीले बालबालिकाको प्रयोग गरेको स्थानीय बासिन्दाले बताएकाछन् ।
मरिणमा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच चुनावी तालमेल भएको छ । जसअन्तर्गत माओवादीले पालिका अध्यक्ष र नेपाली कांग्रेसले उपाध्यक्ष पाएको छ । वडाहरुमा भने दुवै दलले मित्रवत प्रतिस्पर्धा गर्ने बताइएको छ । -बासु मैनाली

(फोटो फिचर)

No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.