माओवादी बाग्मती प्रदेशकमिटी सदस्यले दिइन् एमालेको तर्फबाट उपाध्यक्ष पदमा उम्मेदवारी

सिन्धुलीः सत्तारुढ दल एकिकृत माओवादी केन्द्र संद्धान्तिक रुपमा च्यूत भएको र राष्ट्रघाती संझौता एमसिसी पारित गरेर देश र जनताप्रति गद्दारी गरेको आरोप लगाउँदै पार्टी परित्याग गर्नुभएकी माओवादी बाग्मती प्रदेश कमिटी सदस्य संगिता माझीले आज नेकपा एमालेका तर्फबाट मरिण गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।
महिलाहरुसति मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुग्नुभएकी माझीले माओवादीले तल्लो तहका आधारभूत वर्गलाई बिर्सिएर सामन्तहरुको सेवा गरिरहेको र स्थानीय तहको उम्मेदवारी छनोटमा पनि व्यक्तिवादी चरित्र हाभी भएको बताउँदै नेता माझीले माओवादी अराजकताका विरुद्ध एमालेको सूर्य चिन्ह मार्फत उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको खुलासा गर्नुभयो ।
२०७४ सालमा नेकपा माओवादीकेन्द्रबाट निर्वाचित मरिण गाउँपालिकाका उपाध्यक्ष माझीले यस पटक भने नेकपा एमालेबाट पुःन गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी दर्ता गराउनु भएपछि माओवादी मरिणमा भुकम्प गएको स्थानीयले अनुभूति गर्न थालेकाछन् । उपाध्यक्ष माझीले आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा पुःन उपाध्यक्ष पदका लागि नेकपा एमालेबाट मनोनय गर्दा सर्वसाधारणहरु हर्षित भएका थिए ।
सोमबार निर्वाचन अधिकृतको कार्यालय मरिणमा पुगेर उहाँले उमेदवारी दर्ता गराउनुभएको हो । नेकपा माओवादी केन्द्र प्रदेश कमिटि सदस्य साथै अखिल नेपाल महिला संघ क्रान्तिकारी जिल्ला कमिटी सदस्य समेत रहनुभएकी माझीले पार्टीको निर्णयप्रति असन्तुष्टि भएकाले पार्टीको कुनै पनि पदमा नरहने गरि राजिनामा दिएको थियो ।
माओवादी पार्टीको विधान साथै कानुन तल्लो स्तरको नेता तथा कार्यकतालाई मात्र लागु भएको भन्दै उहाँले असन्तुष्टि जनाउनुभएको हो । साथै गठबन्धन दलले महिलालाई बहिष्कार गरेको उहाँको भनाइ छ । महिलाको आवाज उठाउनका आफुले पुन उपाध्यक्षमा उमेदवारी दर्ता गराएको बताउनुभयो । २०७४ सालमा नेकपा माओवादी केन्द्रबाट मरिणको उपाध्यक्षमा माझी निर्वाचित हुनुभएको थियो ।