कमलामाईको नगरप्रमुखमा महेन्द्रदेव श्रेष्ठ र उपमेयरमा मञ्जु देवकोटाको उम्मेदवारी दर्ता, प्रस्तावक बन्नुभएका खड्ग खत्री भन्नुहुन्छः एमालेको विजय कसैले रोक्न सक्तैन

सिन्धुलीको कमलामाई नगरपालिकाको मेयर र उपमेयर पदमा नेकपा एमालेका तर्फबाट महेन्द्रदेव श्रेष्ठ र मञ्जु देवकोटाले दर्ता गराउनु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सोमवार बाजागाजासहित हजारौं नेता कार्यकर्तासहित पुग्नुभएका उम्मेदवार श्रेष्ठ र देवकोटाले प्रमुख र उपप्रमुखमा उम्मेदवारी दर्ता गराउनु भएको हो । श्रेष्ठको प्रस्तावक र समर्थकमा कमलामाई नगरपालिकाका नगरप्रमुख खड्गवहादुर खत्री र सुन्दर तामाङ, उपमेर देवकोटाको प्रस्तावक र समर्थकमा जीवन घिसिङ र सुमना थापा प्रस्तावक रहनुभएको छ ।
उम्मेदवारी दर्ता गराएपछि प्रस्तावक बन्नुभएका एमाले बाग्मती प्रदेश कमिटी सदस्य एवम् नगरप्रमुख खड्गवहादुर खत्रीले श्रेष्ठ र देवकोटालाई विजयका लागि अग्रिम शुभकामना दिनुभएको थियो । उम्मेदवार बन्नका लागि पार्टीभित्र आन्तरिक प्रतिस्पर्धामा रहनुभएका खत्रीले श्रेष्ठलाई अँगालो हालेर विजयको कामना गर्नुभएको थियो । नेकपा एमाले जिल्ला कार्यालय सिन्धुलीबाट प्रारंभ भएको ¥याली जिल्ला बाजागाजासहित जिल्ला निर्वाचन कार्यालय अगाडिसम्म पुगेको थियो । आज देखिएको नेपाली कांग्रेस र माओवादी केन्द्रको भन्दा एमालेको ¥याली निकै ठूलो देखिन्थ्यो । एमालेले कमलामाई नगरपालिकाको १४ वटै वडामा वडाध्यक्ष र सदस्यहरुमा उम्मेदवारी दर्ता गराएको छ ।

May be an image of 2 people and people standing

एमालले बाजागाजासहित मनोनयन दर्ता गराउन हिंडेको ¥यालीको प्राइम टाइम टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो । एमालेको मनोनयन दर्तापछि भएको साक्षात्कार कार्यक्रममा वोल्दै नगरप्रमुख खड्गवहादुर खत्रीले कमलामाई नगरपालिकामा एमालेको पार्टी घोषणापत्र अनुसार ९५ प्रतिशत कामहरु पुरा भएको बताउनुभयो । उहाँले घोषणापत्र अनुसार बाँकी रहेका कामहरु अब आउने नेकपा एमालेका उम्मेदवारले पुरा गर्ने र नगरवासीले एमालेलाई विजयी गराउने उल्लेख गर्नुभयो । कार्यक्रममा मेयरका उम्मेदवार महेन्द्रदेव श्रेष्ठले आफ्नो पार्टीबाट निर्वाचित मेयरले थालेका कामहरुकै कारण एमालेको विजय सुनिश्चित रहेको उल्लेख गर्नुभयो । तपाई बिजयी हुने कुरामा सय प्रतिशत ढुक्क हुनुहुन्छ ? भन्ने प्राइम टेलिभिजनको प्रश्नमा उहाँले ५ सय प्रतिशत ढुक्क रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस र माओवादी गठबन्धनका मेयर पदका उम्मेदवार उपेन्द्र पोखरेलले यस पटक आफ्नो विजय सुनिश्चित रहेको दाबी गर्नुभएको थियो । एमालेको उम्मेदवारीपछि नेपाली कांग्रेस र माओवादीसहितको गठबन्धनले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन कार्यालयले प्रदेशखबरलाई जानकारी दियो ।

एमालेले कमलामाई नगरपालिकामा उम्मेदवारी यसप्रकार रहेको छ ।
१ नं.वडा अध्यक्षः रविन्द्र देवकोटा
२ नं.वडा अध्यक्ष ः चित्र बहादुर बुढाथोकी
३ नं.वडा अध्यक्ष ः खड्ग प्रसाद चौलागाई
४ नं.वडा अध्यक्ष ः अमृत बहादुर श्रेष्ठ
५ नं.वडा अध्यक्ष ः चुडामणी श्रेष्ठ
६ नं.वडा अध्यक्ष ः दिनेश दाहाल
७ नं.वडा अध्यक्ष ः कर्ण घिसिङ
८ नं.वडा अध्यक्ष ः कोमल श्रेष्ठ
९ नं.वडा अध्यक्ष ः राजु चौलागाई
१० नं.वडा अध्यक्ष ः रामहरि ढुंगेल
११ नं.वडा अध्यक्ष ः राम बहादुर थिङ्ग
१२ नं.वडा अध्यक्ष.ः भिम बहादुर गुर्मछान
१३ नं.वडा अध्यक्ष ः केशर बहादुर कार्की
१४ नं.वडा अध्यक्ष ः राजन न्यौपाने

May be an image of 3 people, people standing and outdoors
May be an image of 1 person, standing, crowd and outdoors
May be an image of 6 people, people standing, outdoors and crowd
May be an image of one or more people, people standing, tree and road