आसन्न स्थानीय तह निर्वाचनको लागि नेकपा एमाले सुर्यविनायक नगरपालिकाको मिएरमा वडा नं=८ का वडा अध्यक्ष तथा विकासवादी नेता किरण थापामगरको नाम चर्चामा रहेको छ।
स्थानीय निर्वाचन यता सिपाडोलको पुर्वाधार विकासको क्षेत्रमा जति प्रगति भएको छ त्यो ऐतिहासिक विकास क्रमलाई सफलीभुत बनाउनको निमित्त थापाको जनउत्तरदायी जनप्रतिनिधिको नमुना योग्य र देशभरिका अन्य स्थानीय तहहरुले सिक्न लाएक भुमिका निर्वाह गरेको स्थानियहरु बताउँछन।सुर्यविनायक देखि सांगा सम्म अरनिको राजमार्गमा यात्रा गर्न बढो मुस्किलको परिस्थिति सामना गर्नुपर्दथ्यो तर अहिले २८ फिटे मुख्य सडक र कालोपत्रे सहितका २० फिटे भित्री सडकहरू बनेका छन।सिपाडोल क्षेत्रमा कालोपत्रे नभएका कुनै सडकनै छैनन्।अत्याधुनिक सुबिधा सम्पन्न नगर अस्पताल आफ्नै वडामा निर्माण गर्न सफल थापालाई नगर अस्पताल निर्माण गर्नको निमित्त ब्यक्तिगत पुंजी लगानी गर्नुपर्ने गम्भीर वाध्यता आईपर्यो।जनतालाई पायका पर्ने राजमार्गकै छेउमा नगर अस्पताल निर्माण गर्नुपर्छ भन्ने अडान लिएकै कारण नगर अस्पतालको लागि बिनियोजन गरेको रकम रोकियो तर किरण थापामगरको आंट र हिम्मत रोकिएन।जसको परिणाम अत्याधुनिक सुबिधा सम्पन्न नगर अस्पताल सिपाडोल क्षेत्रमानै स्थापन गर्न उहाँ सफल हुनुभयो ।
गत स्थानीय निर्वाचन अगाडी सम्म खानेपानीको कष्ठकर परिस्थिको सामना गर्न वाध्य सिपाडोल क्षेत्रमा उहाँले एक घर एक धारो अभियाननै घोषणा गरेर प्रत्येक घरमा पानीको धारो सहित २०० मिटर भन्दा माथीको बोरिङ निर्माण गर्दै खानेपानीको सिस्टोमेटिक वितरण कार्य सम्पन्न भएको सिपाडोल क्षेत्रमा अब मेलम्चीको पानीको खासै आवश्यकता नपर्ने स्थानियहरु बताउंछन।
स्थानीय स्वस्थ्य चौकिलाई आधुनिक रुपमा विकास गर्दै अशक्त,असाहाय,जेष्ठ नागरिक हरुलाई निशुल्क स्वास्थ सेवा कार्या संचालन गर्ने सायद देशकै पहिलो वडा हुनुपर्छ शुर्यविनायक वड नं।८।सामान्य रुगाखोकी र ज्वरो आउंदा महङ्गो अस्पतालको खोजी गर्दै काठमाडौं धाउनुपर्ने अवस्थाको अन्त भएको छ।
नगरपालिका भित्रको विद्यालयहरुको संयोजक समेत रहनु भएका थापाकै नेतृत्वमा स्थानीय शान्ति निकेतन विद्यालयको भवन निर्माण कार्य शुरु भएको एक बर्श नपुग्दै निर्माण कार्य सम्पन्न भएको छ भने कोभिड महामारीको समयमा एक शिक्षक एक ल्यापटप अभियाननै संचालन गरेर अबालबालिका हरुलाई शिक्षाको उज्यालो घामबाट बन्चित हुन नदिने जनप्रतिनिधि हुनुहुन्छ थापा ।पिसि कम्प्युटर समेत नपुगेको विद्यालयहरुमा ल्यापटप पुग्नु स्थानीय विकासको क्षेत्रमा भएको अर्को महत्वपूर्ण छलाङ हो भन्ने शिक्षकहरुको भनाई रहेको छ।सात रोपनी १० आना क्षेत्रमा निर्माणाधीन आधुनिक सुबिधा सम्पन्न र प्रबिधिमैत्री श्री गणेश माबिको ९र९कोठाको तिनतले भवन पनि निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।
ब्यवस्थित शहरीकरणको लक्ष्य अनुरुप टाउन प्लानिङ क्षेत्रभित्र खेलमैदान,मन्दिर र आकस्मिक स्वास्थ उपचार केन्द्र शहितका मापदण्ड अनुरुपका भवनहरु निर्माण कार्य संचालन गरिरहनु भएका थापाले आफू निर्वाचित भएदेखिनै सरकारी सेवा सुबिधा तथा तलब भत्ता नलिने जनप्रतिनिधि हुनुहुन्छ।आफ्नो तलब भत्ता जगत भैरव प्रतिष्ठान मार्फत स्थानीय गणेश माबिको निर्माण र विद्यार्थी हरुको अध्यनका निमित्त प्रदान गर्दै आउनुभएको जगत(भैरव प्रतिष्ठानका अध्यक्ष द्धारिका सत्यालले बताउनुभयो।
हावाहुरी चल्दा बिजुलिका पोलहरु ढलेर हप्तौं दिनसम्म प्राधिकरण धाउनुपर्ने बाध्यतालाई अन्त गर्दै मापदण्ड अनुरुपको ब्यवस्थित पोलहरु मार्फत लाइन बिस्तार र वितरण गरिएको छ।नेपाल रेडक्रस सोसाइटीको नेतृत्व र नेपाल तेक्वान्दो संघको कोषाध्यक्ष हुँदै दर्जनौं संघसंस्था हरु मार्फत मानव सेवा र समाज सेवामा रहनु भएका थापा हाल नेकपा एमाले भक्तपुरको प्रभावसाली नेता हुनुहुन्छ।
बेरोजगारी र पछौटेपनको सिकार रहेको यो क्षेत्रलाई काठमाडौं को कर्णाली भनिन्थ्यो ।तर उहाँ जनप्रतिनिधि भयपश्चात् ३०० भन्दा बढी युवाहरूलाई श्रम र रोजगारिमा जोडिसक्नु भएको छ।लामो समय देखि ब्यवसायमा सकृय थापाको पहलमा बेरोजगार युवाहरुलाई रोजगारिको लागि काठमाडौं फ्रेस मार्ट स्थापना कार्य अन्तिम चरणमा पुगेको छ।कृषिलाई आधुनिकीकरण बैज्ञानिककरण गर्दै प्रारम्भिक चरणमा स्थानीय २१ रोपनी जमिनमा फार्मिङ कार्य सुरु भइ रहेको छ।
कृषिको आधुनिकिकरण र पर्यटनलाई विशेष जोड दिंदै आउनुभएका थापाको अग्वानिमा श्री ५ पृथ्वीनारायण साहले भक्तपुर बिजय गर्दा प्रयोग गरेको ऐतिहासिक बोकाचोगढी संरक्षण र विकासको लागि विशेष भुमिका रहेको छ।उपत्यकाको सौन्दर्य नियाल्नको लागि भ्यु टावर निर्माण भएको छ।थ्री स्टार लेबलको आधुनिक होटलहरु र बन्जी जम्प निर्माण कार्य प्रारम्भ भइ सकेको छ।
सिपाडोल क्षेत्रको सांस्कृतिक धार्मिक र पुरातात्त्विक स्थलहरुको संरक्षण,प्रवर्द्धन र विकासको लागि नेतृत्वदायी भुमिका निर्वाह गर्नुभएका थापाकै विशेष पहलमा केदारनाथको शिर डोलेश्वर मन्दिरको निर्माण कार्य सम्पन्न भएको थियो।बिछोडिएका र घरपरिवार विहिन मानिसहरू लाई रेखदेख गर्न मानवसेवा आश्रम समेत रहेको डोलेश्वर मन्दिर संरक्षण समितिको जनप्रतिनिधि हुनु अगाडि उहाँ उपाध्यक्ष समेत हुनुहुन्थ्यो।
शालीन स्वभाव,नियमित जनसम्पर्क,जस्तोसुकै परिस्थितिमा पनि जनताको साथ नछाड्ने नेता र पुर्वाधार विकासको क्षेत्रमा लामो अनुभव उहाँका विशेषताहरु हुन।त्यसैले जनस्थरबाटनै उहाँको नाम मिएर पदको रुचाइएको नाम हो।