एमाओवादी हरिहरपुरगढीमा दन्कियो आगो, पार्टी नेतृत्वलाई कार्यकर्ताले देखाए कालोझण्डा !


हरिहरपुरगढी: सत्तारुढ गठबन्धन बीच चुनाबी तालमेल भइरहेका बेला सिन्धुलीको एमाओवादी केन्द्रले जनभावान बिपरित उम्मेदवार चयन गरेपछि पार्टी भित्र सल्केको भुसको आगो जिल्लाका सबै पालिकामा दन्कन पुगेको छ ।
एमाओवादी जिल्ला नेतृत्वले हरिहरपुरगढी पाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेबाट केही समय अगाडि प्रवेश गरेका बज्र वाइवालाई उभ्याएपछि स्थानीय स्तरमा आक्रोसको आगो दन्किएको छ । स्थानीय स्तरको पार्टी कमिटी र नेता कार्यकर्ताहरु अहिलेका पालिका अध्यक्ष कार्साङ लामालाई अध्यक्ष बनाउनु पर्ने पक्षमा रहँदा रहँदै पनि जिल्ला नेतृत्वले नव प्रवेशीलाई उम्मेदवार बनाएर अन्याय गरेको स्थानीय माओवादी नेताले प्रदेशखबरलाई बताए । उनका अनुसार विगतमा हाम्रो पार्टी र संगठनलाई हराउनका लागि सक्रिय भएका व्यक्तिलाई प्रलोभवनमा परेर जिल्ला नेतृत्वले अध्यक्षको उम्मेदवार बनाएको छ, हामी उनलाई कुनैपनि हालतमा सहयोग गरेर जान सक्तैनौं, उनले अगाडि भने /
पालिकाको पार्टी कमिटी हामीले सञ्चालन गर्ने हो, जिल्ला अध्यक्षले होइन, उहाँ हरिहरपुरगढी आउनु भएको थियो, त्यहाँ कार्यकर्ताहरुले कालोझण्डा देखाएर विरोध गर्नुभयो । यहाँको अबस्था थाहा पाउँदा पाउँदै पनि गलत मान्छेलाई अध्यक्ष बनाएर ठूलो गल्ती भएको छ, यो कुरा नसच्चिए त्यसबाट आउने परिणामको जिम्मेवारी पनि उहाँहरुलेनैं लिनुपर्छ । अर्का माओवादी कार्यकर्ताले आफ्नो आक्रोस यसरी पोखे ।
यस अगाडि पाि मरिण गाउँपालिकामा स्थानीय पार्टी कमिटी र नेता कार्यकर्ताको भावना बिपरित वडाध्यक्ष प्रख्यातलाई जिल्ला अध्यक्षको स्वार्थका आधारमा पालिका अध्यक्षको उम्मेदवार बनाएपछि पार्टी अध्यक्ष गोपाल बुढाथोकीलगायत सिंगो पार्टी कमिटी र सयौं नेता कार्यकर्ताहरुले एमाओवादी पार्टी परित्यागको घोषणा गरेका थिए । – बिक्रम वाइवा