माओवादी केन्द्र मरिणका अध्यक्ष गोपाल बुढाथोकीले दिए जिल्ला नेतृत्वलाई दनक

माओवादी मरिणमा इमान्दार र निष्ठावान नेताका रुपमा कार्यकर्तामाझँ चिनिएका माओवादी नेता गोपाल बुढाथोकीले आज सामाजिक सञ्जाल फेसबुकमा माओवादी पार्टीमा लागेर नराम्रो दलदलमा फसेको टिप्पणी गर्नुभएको छ । उहाँले माओवादी केन्द्र सिन्धुली र यसका नेताहरु इमानदारहरु नरहेको ठोकुवानैं गरिदिएका छन् । उनले एमाओवादी सिन्धुलीमा इमानको जमाना रहेनछ, बैमानहरु हाभि भए, अब त लगभग आफ्नै खोरिया खनि नयाँ विरुवा लगाउनु पर्ने भो ।
मरिण क्षेत्रमा कम्युनिष्ट उत्पादनका लागि महत्वपूणर् योगदान गरेका बुढाथोकी नेता हरिवोल गजुरेलकै पक्षमा उभिएकै कारण लगाएर जिम्मेवारीबाट अलग्याउने, धेराबन्दीमा पार्ने र आउँदो स्थानीय निर्वाचनमा पनि पुरानालाई भन्दा पनि आसेपासेलाई उम्मेदवार बनाउने देखिएपछि उनले पार्टी नेतृत्वको लगत कदमको सामाजिक सञ्जाल मार्फत भण्डाफोर गरेका हुन् ।
मरिण गाउँपालिकाको अध्यक्षमा पानीराज बम्जन, रामकुमार पौडेल र गोपाल बुढाथोकीलाई नदिई आफु निकटका प्रख्यातलाई उम्मेदवार बनाउन जिल्ला पार्टी नेतृत्व अग्रसर देखिएपछि अहिले माओवादी मरिणमा भुसको आगो सल्किएको छ ।

No description available.

मरिणमा पुरानै पुस्ता !
माओवादी केन्द्र मरिणमा अहिले मुख्य रुपमा तीन जना अध्यक्षको दौडमा अग्रसर भएका छन् । बर्तमान पालिका अध्यक्ष एवम् नेता पानीराज बम्जन, भूमि आयोगका अध्यक्ष रामकुमार पौडेल, गोपाल बुढाथोकी र पूर्व लडाकु प्रख्यात मुक्तान आकांक्षी रहेकाछन् । स्रोत साधानको अभावमा पनि शिक्षा, स्वास्थ्य, पूर्वाधार र कृषि क्षेत्रमा उल्लेख्य काम गरेको र केही कामहरु अधुरा रहेकाले अध्यक्षका लागि पहिलो दाबी बम्जनले पेश गरेका छन् । शिक्षा क्षेत्रमा सिन्धुलीमैं अब्बल काम गरेका बम्जनसँगै पुराना बामपन्थी नेता र हालका आयोग अध्यक्ष पौडेल, गोपाल बुढाथोकी र वडाध्यक्ष समेत रहेका मुक्तान अध्यक्षको दौडमा छन् । बम्जन, पौडेल र बुढाथोकी मरिण क्षेत्रका जनतामाझ निकै लोकप्रिय नेता मानिन्छन् भने मुक्तान पार्टी पंक्तिमा मात्रै सिमित छन् । त्यसैले पनि मरिणका वासिन्दाले यतिबेला पुराना नेताहरुबाटै अध्यक्ष चाहेकाछन् तर जिल्ला नेतृत्व नयाँ पुस्तामा जानुपर्छ भन्ने पक्षमा रहेकाले समस्या सिर्जना भएको एक जिल्ला नेताले सन्देश जनप्रियसँगको कुराकानीमा बताए छ । उनले भनेः पार्टी नेतृत्वले स्थानीय स्तरमा जनभावना बुझेनभने त्यसको परिणाम उल्टो आउन सक्छ ।

माओवादी परित्यागको लहर

नेपाली कांग्रेसको बुईं चढेर मात्रै स्थानीय निर्वाचनमा जान लागि रहेको सत्तारुढ दल माओवादी केन्द्रको मरिणमा आन्तरिक किचलो बढिरहेका बेला एकजना पुराना माओवादी नेता खिलहरी गिरीले पार्टी परित्याग गरेसँगै सिन्धुली माओवादीमा तरंग पैदा भएको छ ।
मरिण गाउँपालिका वडा नम्बर ७ का खिलहरी गिरीले लिखत रुपमा माओवादी परित्याग गरेपछि त्यस क्षेत्रमा माओवादी परित्याग गर्नेहरुको लहरनैं चलेको छ । नेकपा एकताकेन्द्र, जनमोर्चाहुँदै माओवादीमा सक्रिय रहेका गिरीले मंगलवार माओवादी परित्याग गरेको घोषणा गरेका थिए ।
मरिणमा माओवादीको प्रभावशाली नेता मानिएका नेता गिरीले हिजो दिउँसो माओवादी केन्द्र वडा नं ७ का वडा कमिटि अध्यक्ष फौद थिङलाई राजीनामा बुझाएका थिए । पार्टीले कार्यकर्तालाई बिर्सँदै गएको, देश र जनता प्रति बफादार नभएको र स्थानीय निर्वाचनका सन्दर्भमा राम्रालाई भन्दा आफ्नालाई उम्मेदवार बनाउन जिल्ला नेतृत्व लागि परेपछि विधी पद्धतिमा नचल्ने पार्टीमा रहनु भन्दा बाहिर स्वतन्त्र जीवन बिताउनु राम्रो हुने निश्कर्षमा पुगेको उनले बताए ।
राजिनामापत्र सार्वजनिक गरेपछि सन्देश जनप्रियसँग भउनले भनेका थिएः २०४६ साल देखी पार्टीमा लागियो, जनयुद्धकालमा समेत संगठन विस्तार गर्दै हिँडियो, जनतामा धेरै सपना देखाइयो आज आएर माओवादीले पनि ती आशा पुरा गर्न सकेन, पार्टी सत्ता र शक्तिमा लिप्त भएर कार्यकर्तालाई बेवास्ता गरेका कारण मैले पार्टी छाडेको हुँ । पार्टी छाडेर अव स्वतन्त्र भएर बस्न चाहेको पनि उनले खुलाए । लामो समय देखी माओवादीमा आबद्ध हुनु भएका गिरी २०६३ मा माओवादीको जिल्ला कमिटी सदस्य र तत्कालीन १२ नं इलाका सदस्य भएर मुद्दा फाटमा कुशलता पूर्वक जिम्मेवारी बहन गरेका थिए । स्वार्थ पुरा भएपछि नेतृत्वले कार्यकर्ता बिर्सँदै गएको उनको आरोप रहेको छ । तिन दशक देखी माओवादी पार्टी विस्तारमा लाग्नु भएका गिरीको पार्टी परित्यागले मरिणमा माओवादीलाई ठुलो धक्का लाग्नेछ । यो समाचार आजको सन्देश जनप्रिय साप्ताहिकले लेखेको छ ।