निर्वाचन आयोगले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सात दिनभित्र चितबुझ्दो जवाफ पेश गर्न पत्राचार गरेको छ।
निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले उनीसँग लिखित जवाफ पेश गर्न पत्राचार गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
नेकपा माओवादी केन्द्रले घिसिङको फोटो राखेर निर्वाचन प्रचार सामग्री बनाएको थियो। उक्त फोटो प्रयोग भएपछि सामाजिक सञ्जालमा व्यापक विरोध जनाइएपछि माओवादीले कुलमानको फोटो निर्वाचन प्रचार सामाग्रीको पोस्टरबाट हटाएको थियो।
‘फोटो राखेर प्रचार सामग्री बनाउन दिने विषयमा तपाईंको सहमति हो होइन? सार्वजनिक पद धारण गरेको व्यक्तिले आचारसंहिता विपरीत कार्य हुँदा आयोगमा किन उजुरी नगरेको भन्दै आयोगले सात दिनभित्र जवाफ माग गरेको हो,’ पौडेलले भने।











