नयाँ वर्ष २०७९ ले आम सिन्धुलीवासीमा अराजकता र अबसरवादीहरुलाई चिन्ने र परास्त गर्ने अबसर मिलोस्: एमाले अध्यक्ष कार्की

नेपालक कम्युनिष्ट पार्टी एमाले सिन्धुलीका अध्यक्ष रामकुमार कार्कीले नयाँ वर्ष २०७९ सालको उपलक्ष्यमा शुभकामना सन्देश जारीगर्दै समस्त सिन्धुलीबासीमा सुख, शान्ति र सम्बृद्धिको कामना गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल मार्फत सन्देश जारीगर्दै सिन्धुलीको सम्बृद्धिका लागि आपसी एकता, सहकार्य र सहअस्तित्वका आधारमा अगाडि बड्दै आउँदो स्थानीय निर्वाचनमा सत्य र न्यायका पक्षमा चट्टानी अडान राख्ने एवम् राष्टियताका पक्षमा दृढ उभिने दलका पक्षमा जनमत प्रकट गर्न अपील गर्नुभएको हो । उहाँले सिन्धुली वासी आमा बुबा, दाजुभाई तथा दिदी बहिनीमन नयाँ वर्ष २०७९ ले आम सिन्धुलीवासीमा अराजकता र अबसरवादीहरुलाई चिन्ने र परास्त गर्ने अबसर मिलोस् भन्दै शुभकामना व्यक्त गर्नुभएको छ ।